ट्रम्पले किमबारे यसरि गरे प्रशंसा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २९, २०७५
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • सिंगापुर शिखरवार्तामा डोनाल्ड ट्रम्पले एक सम्झौतामा हस्ताक्षर गरेका छन्।
  • यद्यपि सम्झौताको विवरण सार्वजनिक गरिएको छैन।
  • ‘हामी एकदमै महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर गरिरहेका छौँ, विस्तृत दस्तावेज,’ ट्रम्पले भने, ‘हामीबीच एकदमै राम्रो सम्बन्ध छ, राम्रो सम्बन्ध।

सिंगापुर शिखरवार्तामा डोनाल्ड ट्रम्पले एक सम्झौतामा हस्ताक्षर गरेका छन्। यद्यपि सम्झौताको विवरण सार्वजनिक गरिएको छैन।

‘हामी एकदमै महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर गरिरहेका छौँ, विस्तृत दस्तावेज,’ ट्रम्पले भने, ‘हामीबीच एकदमै राम्रो सम्बन्ध छ, राम्रो सम्बन्ध।’

‘आज हामीले ऐतिहासिक बैठक गर्‍यौँ र विगतलाई पछाडि छोड्ने निर्णय हामीले गर्‍यौँ,’ किमले भने, ‘हामी ऐतिहासिक दस्तावेजमा हस्ताक्षर गर्दैछौँ। संसारले एउटा मुख्य परिवर्तन देख्नेछ।’

ट्रम्पले उत्तर कोरियामा आणविक निशस्त्रीकरणको प्रक्रिया एकदमै चाँडै सुरु हुने पनि बताए।

यसअघि ट्रम्पले किम जोङ उनसँगको सिंगापुरमा जारी शिखरवार्ता ‘कसैले कल्पना गर्नसक्नेभन्दा राम्रो’ भएको दाबी गरेका थिए।

केही समयमै ट्रम्पले पत्रकार सम्मेलनमा यसबारे बोल्ने अपेक्षा गरिएको छ।हस्ताक्षरपछि प्रतिक्रिया दिँदै ट्रम्पले किम अत्यन्त प्रतिभासम्पन्न व्यक्ति भएको बताए।

‘हामीले एकअर्का र एकअर्काको देशको बारेमा थुप्रै कुरा सिक्यौँ,’ ट्रम्पले भने।

‘उहाँ एकदमै प्रतिभावान हुनुहुन्छ र आफ्नो देशलाई खुब माया गर्नुहुन्छ,’ ट्रम्पले किमबारे भने। उनले किमसँग आफूले ‘विशेष सम्बन्ध’ विकास गरेको पनि बताए।

उनले किमलाई ह्वाइट हाउस निम्त्याने पनि बताए।

( एजेन्सी)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?