पहिराले दुई विद्यालय भवन जोखिममा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०८०
|
|
३४ पटक हेरिएको
Shares
पहिराले दुई विद्यालय भवन जोखिममा

सारांश

  • काठमाडौँ ।
  • पहिरोको कारण बैतडीका दुई विद्यालय भवन जोखिममा परेका छन् ।
  • दशरथचन्द नगरपालिका–४ शाहीलेकस्थित वीरेन्द्र मावि र पाटन नगरपालिका–४ कल्तडी स्थित नवदुर्गा आधारभूत विद्यालय पहिरोको जोखिममा रहेका हुन् ।

काठमाडौँ । पहिरोको कारण बैतडीका दुई विद्यालय भवन जोखिममा परेका छन् । दशरथचन्द नगरपालिका–४ शाहीलेकस्थित वीरेन्द्र मावि र पाटन नगरपालिका–४ कल्तडी स्थित नवदुर्गा आधारभूत विद्यालय पहिरोको जोखिममा रहेका हुन् ।

विद्यालयको भवन पछाडिबाट पहिरो खसेकाले विद्यालय भवन पहिराको जोखिममा परेको वीरेन्द्र माविका प्रधानाध्यापक कैलाशकुमार कनौजियाले जानकारी दिए । पहिरोका कारण छात्र शौचालय, प्रशासनिक भवन र पुस्तकालय बढी जोखिममा परेको हो । उनले भने, ’पहिरोले भवन जोखिमका साथै शौचालय जाने बाटो भत्काएको छ । विद्यार्थीलाई शौचालय प्रयोगमा समेत समस्या भएको छ ।’

विद्यालय भवन तलतिर खसेको पहिरो रोकथामका उपाय अपनाउन नसके थप समस्या निम्तिने अवस्था रहेको बताइएको छ । विद्यालय भवन पहिरोको जोखिममा परेको विषयमा प्रहरी मुचुल्कासहित जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय र सामाजिक विकास कार्यालयमा जानकारी गराइसकिएको विद्यालयले जनाएको छ ।

कक्षा १२ सम्मको पढाइ हुने सो विद्यालयमा अहिले साढे पाँच सय विद्यार्थी अध्ययनरत रहेका छन् । यस्तै जिल्लाको पाटन नगरपालिका–४ कुणी कल्तडीमा रहेको नवदुर्गा आधारभूत विद्यालयको दुईकोठे भवन पहिरोको जोखिममा परेको छ ।

उक्त विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमसिंह विष्टका अनुसार अविरल वर्षाका कारण विद्यालयको सुरक्षाका लागि लगाइएको पर्खाल भत्किएकाले जोखिम बढेको हो । कक्षा ८ सम्मको पढाइ हुने नवदुर्गा आधारभूत विद्यालयमा एक सय ५० विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुरमा पुनः मतदानबिरुद्ध काठमाडौंमा एमालेको प्रदर्शन
भरतपुरमा पुनः मतदानबिरुद्ध काठमाडौंमा एमालेको प्रदर्शन
एटिएम मेसिन फोड्दै गरेको अवस्थामा एकजना पक्राउ
एटिएम मेसिन फोड्दै गरेको अवस्थामा एकजना पक्राउ
सुनको मूल्य लाख नजीक, तोलाको ९८ हजार दुई सयमा कारोबार
सुनको मूल्य लाख नजीक, तोलाको ९८ हजार दुई सयमा कारोबार
सामाजिक सुरक्षा भत्ता नपाउँदा स्वास्थ्य उपचारमा समस्या
सामाजिक सुरक्षा भत्ता नपाउँदा स्वास्थ्य उपचारमा समस्या
भारतसँगको १८ अर्बको विद्युत आयातलाई प्रतिस्थापन गरिन्छ: मन्त्री  पुन
भारतसँगको १८ अर्बको विद्युत आयातलाई प्रतिस्थापन गरिन्छ: मन्त्री पुन
प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह
प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह
बैंकको किस्ता तिर्न सकेनौ, लिनुहोस १५५ गाडीको चाबी
बैंकको किस्ता तिर्न सकेनौ, लिनुहोस १५५ गाडीको चाबी
मालदिभ्सलाई नेपालले दियो २१३ रनको लक्ष्य
मालदिभ्सलाई नेपालले दियो २१३ रनको लक्ष्य
समानुपातिकतर्फको अन्तिम मतपरिणाम र सिट आज सार्वजनिक गरिने
समानुपातिकतर्फको अन्तिम मतपरिणाम र सिट आज सार्वजनिक गरिने
महेश बस्नेतको पहलमा भक्तपुरमा रंगशाला निर्माण हुँदै
महेश बस्नेतको पहलमा भक्तपुरमा रंगशाला निर्माण हुँदै

तपाईंले छुटाउनुभयो कि?