पहिलो एकदिवसीय खेलमा अफगानिस्तानमाथि वेष्ट इण्डिजको सहज जित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २१, २०७६
|
|
१९ पटक हेरिएको
Shares
पहिलो एकदिवसीय खेलमा अफगानिस्तानमाथि वेष्ट इण्डिजको सहज जित

सारांश

  • एजेन्सी ।
  • अफगानिस्तानविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा वेष्ट इण्डिजले जित निकालेको छ ।
  • भारतको लखनउमा बुधबार भएको खेलमा वेष्ट इण्डिजले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको हो ।

एजेन्सी । अफगानिस्तानविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा वेष्ट इण्डिजले जित निकालेको छ । भारतको लखनउमा बुधबार भएको खेलमा वेष्ट इण्डिजले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको हो ।

अफगानिस्तानले दिएको १९५ रनको सामान्य लक्ष्य वेष्ट इण्डिजले ४६।२ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । वेष्ट इण्डिजका लागि रोस्टन चेस र शाई होपले अर्धशतकीय इनिङ्स खेले । रोस्टनले ९४ रन बनाउँदा होप ७७ रनमा अविजित रहे । अफगानिस्तानका मुजिब उर रहमानले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४५ ओभर २ बलमा अलआउट हुँदै १९४ रन बनाएको थियो । अफगानिस्तानका लागि रहमत शाहले ६१ तथा इक्राम अलिखिलले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । अस्गर अफगान ३५ रनमा आउट भए । वेष्ट इण्डिजका जासन होल्डर, रोमारियो शेफार्ड र रोस्टन चेसले समान २–२ विकेट लिए ।

जितसँगै वेष्ट इण्डिजले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?