‘काठमाडौंमा मतदान शान्तिपूर्ण’

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ४, २०७९
|
|
३५ पटक हेरिएको
Shares
‘काठमाडौंमा मतदान शान्तिपूर्ण’

सारांश

  • काठमाडौं।
  • सङ्घीय राजधानी काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदान शान्तिपूर्ण भइरहेको छ ।
  • काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार सबै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ।

काठमाडौं। सङ्घीय राजधानी काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदान शान्तिपूर्ण भइरहेको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार सबै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । उनका अनुसार काठमाडौँको सुरक्षा व्यवस्था चुस्त र दुरुस्त बनाइएको छ ।

प्रजिअको नेतृत्वमा अनुगमन टोलीले बिहानैदेखि मतदान केन्द्रको अनुगमन गरिरहेको प्रजिअ उपाध्यायले बताए। काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन नचल्दा मुख्य सडक चोक सुनसान बनेको छ ।

दैनिक सवारी साधन आवागमनले भीडभाड र व्यस्त रहने उपत्यकाका सडक आज बिहानैदेखि खालिछन् । अत्यावश्यक कामकाजी सर्वसाधारण वैकल्पिक माध्यमबाट गन्तव्यतिर गइरहेका देखिन्छन् ।

काठमाडौँको कोटेश्वर, महाराजगञ्ज, बालाजु, कलङ्की, कालीमाटी, थापाथली, नयाँबानेश्वरलगायत व्यस्त सडक सुनसान छन् । भक्तपुर र ललितपुरका सडक पनि सुनसान छन् । पास नभएका सवारी साधनलाई ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न चोकमा होल्डिङ सेन्टर बनाएर राखेको छ ।

भद्रकाली, कोटेश्वर, कलङ्कीलगायत मुख्य चोकमा बिनापासका उल्लेख्य सङ्ख्यामा सवारी साधन नियन्त्रणमा लिएर होल्ड गरिएको छ ।

निर्वाचमा शान्ति सुरक्षालाई दुष्टिगत गरी काठमाडौँ, ललितपुर र भक्तपुरमा सवारी साधन सञ्चालनमा रोक लगाइएपछि उपत्यका सुनसान बनेको हो ।

सार्वजनिक सवारी साधन सञ्चालन नगर्ने तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निर्णय गरेको थियो । निर्वाचन आयोगले मापदण्ड तोकेका र पास भएका सवारी साधनमात्रै सञ्चालन भइरहेका छन् ।

मतदानका आज बिहान ४ गतेदेखि बेलुकी ७ बजेसम्म उपत्यकामा सवारी आवागमन बन्द हुनेछ । प्रेस, खानेपानी, विद्युत्, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधन भने सञ्चालन हुनेछन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    sign up for binance

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?