पहिलो फिल्ममै निर्वस्त्र रेवती, कथाको माग की निर्देशकको ?
सारांश
- काठमाडाै, ८ मंसिर।
- हुन त नेपाली फिल्ममा किस सिन र बेड सिन सामान्य भईसकेको छ ।
- फिल्मको कथाले मागोस् की नमागोस् निर्देशकले मागेपछि र नायिका खुशी भएपछि किस सिन र बेडसिन फिल्ममा भईहाल्छ ।
काठमाडाै, ८ मंसिर। हुन त नेपाली फिल्ममा किस सिन र बेड सिन सामान्य भईसकेको छ । फिल्मको कथाले मागोस् की नमागोस् निर्देशकले मागेपछि र नायिका खुशी भएपछि किस सिन र बेडसिन फिल्ममा भईहाल्छ । विरलै नग्न सिनहरु पनि बेला बेलामा नेपाली फिल्ममा देख्न सकिन्छ । यस अघि राजेश हमाल अभिनित फिल्म किन किनमा पनि नायिका नग्न अवस्थामा प्रस्तुत भएकी थिईन् ।
यस्तै हालै फिल्म समर लभमा नव नायिका रेवती क्षेत्री पूर्ण रुपमा नग्न अवस्थामा प्रस्तुत भएकी छिन् । उनी पूर्ण रुपमा नग्न भएको टिजर फिल्म निर्माण टिमले सार्वनिक गरेका छन् । समर लभ उपन्यास सबैले प्राय पढेको पुस्तक हो । सुविन भटट्राईले लेखेको यो पुस्तक नपढ्ने कोही नहोलान् । त्यहि उपन्यास माथी बनेको फिल्म हो समर लभ । समर लभ पढ्दा साया नाम गरेको पात्र कहि कतै नग्न भएको पढ्न पाईदैन तर त्यहि उपन्यास माथी बनेको फिल्ममा साया उर्फ रेवती निर्वस्त्र हुनु कथाको माग नभई निर्देशक र नायिकाको माग भएको बुझ्न सकिन्छ । रेवतीले पहिलो फिल्ममै निर्वस्त्र हुनुका साथै किस सिन पनि सजहै रुपमा दिएकी छिन् । पहिलो फिल्मबाट नै किस सिन र न्युड भएकी रेवतीको करिअर अबका दिनमा कसरी अघि बढ्ला अर्थात रेवतीको करिअर यात्रा कस्तो होला त्यो भन्ने पछि नै थाहा हुने छ ।

जे होस् मान्नु पर्छ, नेपाली फिल्ममा काम गर्न पाएपछि नव कलाकारहरु अझै न्युड हुन पनि तयार हुँदो रहेछ भने उदाहरण दिन रेवती कतै काफि देखिने पो हो की ? यसो त आफ्नो फिल्ममाथी विश्वास कम भएका कारण फिल्म चलाउन फण्डाको सोचले फिल्मा न्युड सिन राखेको हो की भन्ने अनुमान पनि छ । तर निर्देशक मुस्कान दकालले भने यसलाई अस्विकार गरेका छन् । उनले फिल्मको सिन अनुसार सिचुएशनले मागेको सिनलाई फिल्ममा प्रस्तुत गरेको दावी गरेका छन् । उनका अनुसार सायालाई निकै तनाव भएपछि तनाव कम गर्न उनी न्युड अवस्थामा वाथमा बस्ने सिन रहेको दावी गरेका छन् । यूवतीहरुले तनाव कम गर्न न्युड अवस्थामै वाथमा बस्ने गर्छिन् की गदैनन् त्यो यूवतीहरुलाई नै थाहा होला ?
प्रतिक्रिया