यो हो काठमाडौँको पहिलो मोटरसाइकल !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २८, २०७३
|
|
२९३ पटक हेरिएको
Shares
यो हो काठमाडौँको पहिलो मोटरसाइकल !

सारांश

  • राजधानीमा दर्ता भएका मोटरसाइकलको संख्या आठ लाख भन्दा बढी छ ।
  • आठ लाख बढी मोटरसाइकल रहेको राजधानीमा सवैभन्दा पहिला कस्तो मोटरसाइकल आएको थियो होला ?
  • स्वभाविकैले चासो हुन्छ नै ।

राजधानीमा दर्ता भएका मोटरसाइकलको संख्या आठ लाख भन्दा बढी छ ।

आठ लाख बढी मोटरसाइकल रहेको राजधानीमा सवैभन्दा पहिला कस्तो मोटरसाइकल आएको थियो होला ? स्वभाविकैले चासो हुन्छ नै ।
नम्वरलाई आधार मान्ने हो भने काठमाडौंमा भित्रीएको पहिलो निजी मोटरसाइकल यही हो ।

जुन मोटरसाइकल विहिवार काठमाडौंको सङ्कटा मन्दिर परिसरमा देखिएको थियो । यसका मालिक को हुन ? यकिन त भएन । तर, गोरखापत्रमा कार्यरत मनोज बर्माले यस्तो मोटरसाइकल भेटेपछि तस्वीर लिएका छन् ।

‘काठमाडौँको सङ्कटा मन्दिर नजिकै उनले यो मोटरसाइकल पार्किङमा राखिएको भेटेका थिए ।’ उनले रातोपाटीसँग भने, ‘काठमाडौं मलको गल्लीबाट सङ्कटा हुँदै कार्यालय जाने क्रममा बा १ प १ नं. को होन्डाको मोटरसाइकल देखेँ । अचम्म लाग्यो । काठमाडौँ भित्रिएको पहिलो मोटर साइकल रहेछ । सायद यो नेपालकै पहिलो हुनुपर्छ भनेर फोटो लिएको हुँ । तर कसको हो भन्ने चाहिँ थाहा छैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?