पाँचथर पावरको आइपिओ बिक्री शुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १३, २०७५
|
|
२६ पटक हेरिएको
Shares
पाँचथर पावरको आइपिओ बिक्री शुरु

सारांश

  • काठमाडौँ, १३ फागुन , पाँचथर पावर कम्पनी लिमिटेडले आजदेखि साधारण सेयर(आइपिओ) बिक्री सुरु गरेको छ ।
  • कम्पनीले रु १७ करोड ५० लाख २५ हजार बराबरको १७ लाख ५० हजार २५० कित्ता आइपीओ बिक्री शुरु गरेको हो ।
  • आयोजना प्रभावित स्थानीय बासिन्दाले समेत नकिनेको सात लाख ८७ हजार ७५० कित्ता थप गरी साधारण शेयर छिटोमा फागुन १६ गतेसम्म बिक्री हुनेछ ।

काठमाडौँ, १३ फागुन , पाँचथर पावर कम्पनी लिमिटेडले आजदेखि साधारण सेयर(आइपिओ) बिक्री सुरु गरेको छ ।

कम्पनीले रु १७ करोड ५० लाख २५ हजार बराबरको १७ लाख ५० हजार २५० कित्ता आइपीओ बिक्री शुरु गरेको हो । आयोजना प्रभावित स्थानीय बासिन्दाले समेत नकिनेको सात लाख ८७ हजार ७५० कित्ता थप गरी साधारण शेयर छिटोमा फागुन १६ गतेसम्म बिक्री हुनेछ ।

कूल निष्कासनमध्ये ३५ हजार पाँच कित्ता कम्पनीका कर्मचारी र ८७ हजार ५१२ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । कम्पनीले पाँचथरमा १४ दशमलव ९ मेगावाटको हेवाखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । आयोजनाको कूल लागत रु दुई अर्ब ६१ करोड ४७ लाख रहेको कम्पनीका सञ्चालक पुष्पज्योति ढुङ्गानाले जानकारी दिनुभयो ।

केयर नेपाल लिमिटेडले गरेको रेटिङमा कम्पनीको आर्थिक अवस्था कमजोर रहेको भन्दै ग्रेड चार दिएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्य भोटेकोशीका कारण ४ सय विद्यार्थी रहेको विद्यालयबाट २५० जना बाहिरिए
मध्य भोटेकोशीका कारण ४ सय विद्यार्थी रहेको विद्यालयबाट २५० जना बाहिरिए
विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का
विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का
सामाजिक सञ्जालको दुरुपयोग : सयौं युवायुवतीको भविष्य धरापमा
गोरखा भूकम्पपछिको चार वर्ष : ४५ हजार परकम्प
गोरखा भूकम्पपछिको चार वर्ष : ४५ हजार परकम्प
१४ किलो सुन प्रकरण : घले समूहले १३८ केजी सुन भित्र्याएको छानबिन समितिकाे निष्कर्ष
१४ किलो सुन प्रकरण : घले समूहले १३८ केजी सुन भित्र्याएको छानबिन समितिकाे निष्कर्ष
आज कति छ विदेशी मुद्राको विनिमयदर ?
आज कति छ विदेशी मुद्राको विनिमयदर ?
कोरोना गीत : ‘रोग भन्दा बढी त्रास फैलियो हैरान…’
कोरोना गीत : ‘रोग भन्दा बढी त्रास फैलियो हैरान…’
केपि ओली अब कहिल्यै पनि प्रधानमन्त्री बन्नुहुन्न -देउवा
केपि ओली अब कहिल्यै पनि प्रधानमन्त्री बन्नुहुन्न -देउवा
खेलाडीलाई प्रतिस्पर्धी बनाउन सरकार लागिपर्ने
खेलाडीलाई प्रतिस्पर्धी बनाउन सरकार लागिपर्ने
भरतपुरमा प्रचण्डपुत्री रेणु दाहाललाई महानगरको मेयर बनाउन  मतपत्र च्यात्नेको थप सम्मान !
भरतपुरमा प्रचण्डपुत्री रेणु दाहाललाई महानगरको मेयर बनाउन मतपत्र च्यात्नेको थप सम्मान !

तपाईंले छुटाउनुभयो कि?