एमाले-कांग्रेसले बनाए ८ सदस्यीय संयन्त्र, सरकारलाई सघाउने

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २१, २०८१
|
|
३७ पटक हेरिएको
Shares
एमाले-कांग्रेसले बनाए ८ सदस्यीय संयन्त्र, सरकारलाई सघाउने

सारांश

  • काठमाडौं।
  • सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन ८ सदस्यीय संयन्त्र बनाएका छन्।
  • संयन्त्रमा कांग्रेसबाट महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन्।

काठमाडौं। सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन ८ सदस्यीय संयन्त्र बनाएका छन्।

संयन्त्रमा कांग्रेसबाट महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन्।

त्यस्तै, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल संयन्त्रमा रहेका छन्।

एमाले-कांग्रेसले सरकारलाई सफल बनाउन केन्द्रमा मात्रै नभएर प्रदेश र जिल्ला तहमा समेत संयन्त्र बनाउने बताएका छन्।

प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले प्रभावकारी रुपमा सरकार सञ्चालन गर्न र सफल बनाउनका लागि संयन्त्र बनाएको बताइएको छ। ओली नेतृत्वको वर्तमान सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेकोमा आलोचना बढ्दै गएपछि संयन्त्र बनाइएको बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीपीडितको लागि राहत सामग्री लिएर शिखरन्यूज डटकम तराई प्रस्थान
बाढीपीडितको लागि राहत सामग्री लिएर शिखरन्यूज डटकम तराई प्रस्थान
आज आइतबार, कस्तो छ तपाईंको राशिफल?
आज आइतबार, कस्तो छ तपाईंको राशिफल?
बैकल्पीक उर्जासँग सहकार्य गर्दै फोहोरबाट ग्यासको उत्पादन: सांसद बस्नेत
बैकल्पीक उर्जासँग सहकार्य गर्दै फोहोरबाट ग्यासको उत्पादन: सांसद बस्नेत
पाटेबाघ मृतावस्थामा फेला
पाटेबाघ मृतावस्थामा फेला
प्रतिबन्धित नेटवर्क मार्केटिङसम्बन्धी विधेयक अन्ततः व्यवस्थापिका संसदमा पारित ,
प्रतिबन्धित नेटवर्क मार्केटिङसम्बन्धी विधेयक अन्ततः व्यवस्थापिका संसदमा पारित ,
हिमपातका कारण चिसो बढेपछि गोरखाको जनजीवन प्रभावित :भूकम्प पीडितको बिचल्ली
हिमपातका कारण चिसो बढेपछि गोरखाको जनजीवन प्रभावित :भूकम्प पीडितको बिचल्ली
जनतालाई भ्रमित पार्न गणतन्त्र विरोधीले षडयन्त्र गरिरहेका छन् : प्रधानमन्त्री
जनतालाई भ्रमित पार्न गणतन्त्र विरोधीले षडयन्त्र गरिरहेका छन् : प्रधानमन्त्री
पानी थाप्न पँधेरामै बास !
पानी थाप्न पँधेरामै बास !
कोरोना भाइरसबाट मृत्यु भएमा यस्तो छ शव व्यवस्थापन गर्ने कार्यविधि
सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा : अर्थमन्त्री डा महत
सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा : अर्थमन्त्री डा महत