चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न आह्वान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ३०, २०७३
|
|
२४५ पटक हेरिएको
Shares
चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न आह्वान

सारांश

  • काठमाडाँै, ३० मङ्सिर ।
  • चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपालमा प्रकृतिका अनुपम विशेषता भएको उल्लेख गर्दै चिनियाँलाई नेपाल भ्रमण गर्न आग्रह गर्नुभएको छ ।
  • नेपाली दूतावासले आज चीनमा आयोजना गरेको पर्यटन व्यावसायीसँगको अन्तक्र्रिया कार्यक्रममा उहाँले शाक्यमुनि बुद्धको जन्मस्थल र विश्वका सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरभन्दा सातवटा अग्ला र १४ वटा संसारकै उच्च हिमाल रहेको नेपालको भ्रमण गर्न चिनियाँलाई आग्रह गर्नुभएको हो ।

काठमाडाँै, ३० मङ्सिर । चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपालमा प्रकृतिका अनुपम विशेषता भएको उल्लेख गर्दै चिनियाँलाई नेपाल भ्रमण गर्न आग्रह गर्नुभएको छ ।

नेपाली दूतावासले आज चीनमा आयोजना गरेको पर्यटन व्यावसायीसँगको अन्तक्र्रिया कार्यक्रममा उहाँले शाक्यमुनि बुद्धको जन्मस्थल र विश्वका सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरभन्दा सातवटा अग्ला र १४ वटा संसारकै उच्च हिमाल रहेको नेपालको भ्रमण गर्न चिनियाँलाई आग्रह गर्नुभएको हो ।

राजदूत पौडेलले नेपाल योग तथा ध्यानका लागि महत्वपूर्ण स्थल रहेको, एक सिङ्गै गैँडा, हात्ती पोलोका लागि अवसर, ¥याफ्टिङ, बञ्जी जम्प, प्याराग्लाइडिङ र पर्वतारोहणजस्ता अनुपम विशेषता रहेको पनि उल्लेख गर्नुभयो ।

लामो समयदेखि नेपाल र चीनबीचको सम्बन्ध अत्यन्त सौहाद्रपूर्ण रहेको उल्लेख गर्दै उहाँले सन् २०१६ देखि चिनियाँ पर्यटकका लागि नेपाली भिसा शुल्कमा छुट दिएको जानकारी समेत गराउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्से परिसूचक नौ दशमलव २५ अङ्कले बढ्यो
नेप्से परिसूचक नौ दशमलव २५ अङ्कले बढ्यो
सामसुङद्वारा ५ जी ग्यालेक्सी ट्याब्लेट सार्वजनिक
सामसुङद्वारा ५ जी ग्यालेक्सी ट्याब्लेट सार्वजनिक
पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन
पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन
बुटवल उपमहानगरपालिका : एमालेलाई विरासतको चिन्ता, कांग्रेस किल्ला तोड्ने दाउमा
बुटवल उपमहानगरपालिका : एमालेलाई विरासतको चिन्ता, कांग्रेस किल्ला तोड्ने दाउमा
दक्षिण कोरियाका राष्ट्रपति यूनविरूद्धको महाभियोग प्रस्ताव विफल
दक्षिण कोरियाका राष्ट्रपति यूनविरूद्धको महाभियोग प्रस्ताव विफल
महासचिव पौडेलद्वारा ‘सियान दक्षिण एसियाली अध्ययन केन्द्र’ उद्घाटन
महासचिव पौडेलद्वारा ‘सियान दक्षिण एसियाली अध्ययन केन्द्र’ उद्घाटन
काठमाडौंमा आइपुगे यी विशिष्ट पाहुना, आजदेखि एशिया प्यासिफिक समिट
काठमाडौंमा आइपुगे यी विशिष्ट पाहुना, आजदेखि एशिया प्यासिफिक समिट
साझा र विवेकशील पार्टीबीच एकता : बैठकको अध्यक्षता रवीन्द्र मिश्रले गर्ने, चुनाव चिन्ह तराजु
साझा र विवेकशील पार्टीबीच एकता : बैठकको अध्यक्षता रवीन्द्र मिश्रले गर्ने, चुनाव चिन्ह तराजु
पोल्यान्डको पोष्टमा वेल्जियमको आधा दर्जन गोल
पोल्यान्डको पोष्टमा वेल्जियमको आधा दर्जन गोल
एक बौद्ध भिक्षु यसरी फिल्म निर्देशनमा होमिए
एक बौद्ध भिक्षु यसरी फिल्म निर्देशनमा होमिए