ट्यासी चालकको आँखा फुटाएर ६ हजार लुटियो !

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ४, २०७५
|
|
२० पटक हेरिएको
Shares
ट्यासी चालकको आँखा फुटाएर ६ हजार लुटियो !

सारांश

  • काठमाडौं ।
  • ललितपुरमा दुई अज्ञात युवाले ट्याक्सी चालकलाई कुटपिट गरेर नगद र मोबाइल लुटेका छन् ।
  • ललितपुरको पुल्चोकबाट शंखमुल जाने भनेर चढेका दुई व्यक्तिले बालकुमारीको झोलुङ्गे पुल नजिकै पुगेपछि चालक ४२ वर्षीय डम्बर खड्कामाथि कुटपिट गर्दै लुटेका हुन् ।

काठमाडौं । ललितपुरमा दुई अज्ञात युवाले ट्याक्सी चालकलाई कुटपिट गरेर नगद र मोबाइल लुटेका छन् । ललितपुरको पुल्चोकबाट शंखमुल जाने भनेर चढेका दुई व्यक्तिले बालकुमारीको झोलुङ्गे पुल नजिकै पुगेपछि चालक ४२ वर्षीय डम्बर खड्कामाथि कुटपिट गर्दै लुटेका हुन् ।

घटनामा बा १ ज ६१५७ नम्बरका ट्याक्सी चालक खड्का घाइते भएका छन् । उनको देब्रे आँखामा चोट लागेको छ । हाल उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।

‘ती दुई जना केटाहरुमध्ये एक जना बिरामी भन्दै ट्याक्सीमा चढेका रहेछन्’, खनालले भने, ‘चालकको साथमा रहेको ६ हजार रुपैयाँ र मोबाइल उनीहरुले लगेका छन् ।’ घटनामा संलग्नको पहिचान भइसकेको छैन । ‘विभिन्न टेक्निकको प्रयोग गरेर हुलिया पहिचान गर्ने प्रयास गरिरहेका छौं’, उनले थपे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?