पाँच महिनाकी गर्भवती दश दिनदेखि बेपत्ता

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २८, २०७६
|
|
२७ पटक हेरिएको
Shares
पाँच महिनाकी गर्भवती दश दिनदेखि बेपत्ता

सारांश

  • पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङ माइती भई म्याग्दीको बेनी नगरपालिका वडा नं ८ मा बिहेबारी गरेकी एक गर्भवती विगत १० दिनदेखि बेपत्ता भएकी छिन् ।
  • स्थानीय शङ्कर रत्नकी १८ वर्षीया पाँच महिनाकी गर्भवती मनिषा रत्न परियार भदौ १८ गते रातिदेखि म्याग्दी सदरमुकाम बेनी बजारमा रहेको घरबाटै बेपत्ता भएकी हुन् ।
  • भदौ १२ गते हरितालिका तीजका लागि माइतीमा आएकी परियार स्वास्थ्यमा समस्या देखिएपछि १८ गते घर फर्किएकी थिइन् ।

पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङ माइती भई म्याग्दीको बेनी नगरपालिका वडा नं ८ मा बिहेबारी गरेकी एक गर्भवती विगत १० दिनदेखि बेपत्ता भएकी छिन् । स्थानीय शङ्कर रत्नकी १८ वर्षीया पाँच महिनाकी गर्भवती मनिषा रत्न परियार भदौ १८ गते रातिदेखि म्याग्दी सदरमुकाम बेनी बजारमा रहेको घरबाटै बेपत्ता भएकी हुन् । भदौ १२ गते हरितालिका तीजका लागि माइतीमा आएकी परियार स्वास्थ्यमा समस्या देखिएपछि १८ गते घर फर्किएकी थिइन् । घर फर्किएको साँझ ७ः३० बजेदेखि सम्पर्कविहीन भएको उनका श्रीमान् शङ्कर रत्नले जानकारी दिनुभयो ।

माइत आएकी छोरीलाई पेट दुख्ने, स्वास फेर्न गाह्रो हुने समस्या देखिएपछि मनिषाकी आमा सिर्जना र ठूलो बाबु विकास परियारले १८ गते साँझ ५ बजे घर पु¥याएर फर्किएका थिए । आफू फर्किएर पाङ आइपुगेपछि छोरीको स्वास्थ्य अवस्था बुझ्न राति ७ः३० बजेको समयमा फोन गर्दा श्रीमान्ले उठाएको र त्यसपछि साँझदेखि नै छोरी सम्पर्कमा नआएको सिर्जनाले बताउनुभयो ।

उहाँका अनुसार घरमा पटकपटक छोरीलाई मानसिक यातना दिने गरेको र भदौ १५ गते दर खाँदाको दिन राति श्रीमान् शङ्करले फोन गरेर गाली गरेको आरोप छ । मनिषाले चार वर्षअघि भागेर शङ्करसँग प्रेम विवाह गरेको बताइएको छ । राति खाना खाएपछि घरबाट कपडा सिलाउनका लागि निक्किएको स्थानीयले बताउने गरेको प्रहरीले जनाएको छ ।

यता जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेपत्ता बनेकी मनिषाको खोजीकार्य भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बेपत्ता महिलाको खोजी कार्य तीव्र पारिएको भए पनि अहिलेसम्म कुनै पत्ता नलागेको जानकारी दिनुभयो । उहाँले घरपरिवारलाई बोलाएर सोधपुछ गर्नेदेखि लिएर सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि पत्ता लगाउन नसकिएको र खोजीकार्य अझै जारी रहेको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेरि किन सलबलायो ‘त्यो’ गिरोह ?
फेरि किन सलबलायो ‘त्यो’ गिरोह ?
गोविन्द केसीकाे तर्फबाट पूर्वशर्त छाडेपछि सरकार र गोविन्द केसीसमुहबीच वार्ता सुरू , के थियाे पुर्वशर्त ?
अमेरिकाको क्यालिफिर्नियामा ७ म्याग्निच्डुको शक्तिशाली भूकम्प
अमेरिकाको क्यालिफिर्नियामा ७ म्याग्निच्डुको शक्तिशाली भूकम्प
संघीय संसदका कर्मचारीले कानुन विपरित बुझेको भत्ता फिर्ता गर्नुपर्ने
संघीय संसदका कर्मचारीले कानुन विपरित बुझेको भत्ता फिर्ता गर्नुपर्ने
फ्रान्समा वामपन्थी गठबन्धन बन्यो ठूलो दल
फ्रान्समा वामपन्थी गठबन्धन बन्यो ठूलो दल
चुनावको मुखमै माओवादी छाेडेर कांग्रेस प्रवेश गरेका श्रेष्ठलाई दुवै हातमा लड्डु !
चुनावको मुखमै माओवादी छाेडेर कांग्रेस प्रवेश गरेका श्रेष्ठलाई दुवै हातमा लड्डु !
तीन राप्रपाको एकता प्रक्रिया तीनतिर
तीन राप्रपाको एकता प्रक्रिया तीनतिर
निर्मला पन्तको हत्या प्रकरण: छानबिन समितिकाे सदस्यमाथि अाक्रमण !
निर्मला पन्तको हत्या प्रकरण: छानबिन समितिकाे सदस्यमाथि अाक्रमण !
नेकपाभित्र यस्ता खालका गुट पो निस्किए
नेकपाभित्र यस्ता खालका गुट पो निस्किए
गुठी पक्षधरको माइतीघरबाट सरकारलाई खबरदारी, विधेयक फेरि ल्याउन पाइँदैन
गुठी पक्षधरको माइतीघरबाट सरकारलाई खबरदारी, विधेयक फेरि ल्याउन पाइँदैन

तपाईंले छुटाउनुभयो कि?