भीम रावलले नयाँ पार्टी घोषणा गर्ने पक्का, राजनीतिक भेटवार्तालाई दिए तीब्रता

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १५, २०८१
|
|
४५ पटक हेरिएको
Shares
भीम रावलले नयाँ पार्टी घोषणा गर्ने पक्का, राजनीतिक भेटवार्तालाई दिए तीब्रता

सारांश

  • काठमाडौं।
  • नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलले नयाँ पार्टी बनाउने तयारी गरेका छन्।
  • एमालेबाट निष्कासित भएपछि उनले राजनीतिक भेटवार्तालाई तीब्रता दिएका छन्।

काठमाडौं। नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलले नयाँ पार्टी बनाउने तयारी गरेका छन्। एमालेबाट निष्कासित भएपछि उनले राजनीतिक भेटवार्तालाई तीब्रता दिएका छन्। यसैबीच नेता रावल नयाँ पार्टी निर्माणको छलफलमा जुटेका छन्।

सोमबार बिहान नेता रावले नेपाली कांग्रेस (बीपी) का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा तारा जोशीसँग छलफल गरेका छन्। दुई नेताले रावल निवास टोखामै पुगेर छलफल गरेका हुन्।

उनले नयाँ पार्टी घोषणा गर्नका लागि आगामी बुधबार पत्रकार सम्मेलनसमेत बोलाएका छन्। कार्की बैन्क्वटमा बुधबार दिउँसो १ बजेका लागि पत्रकार सम्मेलन बोलाइएको छ।

रावलको सचिवालयका अनुसार उक्त पत्रकार सम्मेलनमा पार्टी घोषणा गर्न अहिले आन्तरिक गृहकार्य भइरहेको छ। गत पुस १० गते एमालेले संगठित सदस्यसमेत नरहनेगरी कारबाही गरेपछि पूर्वउपप्रधानमन्त्री समेत रहेका रावल नयाँ पार्टी गठनको तयारीमा छन्। रावलको नयाँ पार्टीमा सुदूरपश्चिमका नेकपा एमाले र काङ्ग्रेसमा असन्तुष्ट रहेका केही नेता सहभागी हुने सम्भावना देखिन्छ।
पार्टी अनुशासन विपरितको गतिविधि गरेको भन्दै नेकपा एमालेको १० पुसमा बसेको स्थायी कमिटी बैठकले रावललाई पार्टीको साधरण सदस्यबाटै मुक्त गर्ने निर्णय गरेको थियो।

०७८ सालको मंसिरमा सम्पन्न एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा उठेका रावल केपी शर्मा ओलीसँग भारी मतले पराजित भएका थिए। सर्वसम्मत रुपमा उपाध्यक्ष बन्न गरिएको प्रस्ताव अस्वीकार गर्दै अध्यक्षमा उम्मेदवारी दिएका रावल त्यसयता एमाले नेतृत्वको किनारामा पर्दै आएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महाशिवरात्रि तथा सेना दिवस–टुँडिखेलमा बढाइँ : समारोहमा राष्ट्रपति सरिक
महाशिवरात्रि तथा सेना दिवस–टुँडिखेलमा बढाइँ : समारोहमा राष्ट्रपति सरिक
बेइजिङमा सम्झौता हुँदा ल्हासाका नेपाली यसकारण खुशी
बेइजिङमा सम्झौता हुँदा ल्हासाका नेपाली यसकारण खुशी
पूर्वसभासद र पूर्वमेयरदेखि विदेशमा पढेका युवासम्म वीरगञ्जका भावी मेयरको चुनावी दौडमा’
पूर्वसभासद र पूर्वमेयरदेखि विदेशमा पढेका युवासम्म वीरगञ्जका भावी मेयरको चुनावी दौडमा’
सुदूरपश्चिममा प्रत्येक तीन दिनमा चारको ज्यान जान्छ
सुदूरपश्चिममा प्रत्येक तीन दिनमा चारको ज्यान जान्छ
आयोगका सिफारिस कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
आयोगका सिफारिस कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
डोके आम्दानीबाटै तीन छोरीको विवाह खर्च
डोके आम्दानीबाटै तीन छोरीको विवाह खर्च
ओली र प्रचण्डलाई एउटालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाएर पार्टी एकता हुन्छ : भीम रावल (भिडियोहित)
ओली र प्रचण्डलाई एउटालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाएर पार्टी एकता हुन्छ : भीम रावल (भिडियोहित)
प्रधानमन्त्री ओलीको प्रस्ताव प्रचण्डले मानेनन्
प्रधानमन्त्री ओलीको प्रस्ताव प्रचण्डले मानेनन्
चिनियाँ राष्ट्रपति स्वदेश फिर्ता
चिनियाँ राष्ट्रपति स्वदेश फिर्ता
सभ्य र सुरक्षित समाज निर्माण सबैको दायित्व स् मुख्यमन्त्री राई
सभ्य र सुरक्षित समाज निर्माण सबैको दायित्व स् मुख्यमन्त्री राई