दाङमा बाम गठबन्धन र नेपाली काङ्ग्रेसका युवा बीच झडप, दुईजना घाइते

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
३२ पटक हेरिएको
Shares
दाङमा बाम गठबन्धन र नेपाली काङ्ग्रेसका युवा बीच झडप, दुईजना घाइते

सारांश

  • काठमाण्डौ, २१ मंसिर ।
  • दाङमा बाम गठबन्धन र नेपाली काङ्ग्रेसका युवा बीच झडप भएको छ ।
  • क्षेत्र नं।

काठमाण्डौ, २१ मंसिर । दाङमा बाम गठबन्धन र नेपाली काङ्ग्रेसका युवा बीच झडप भएको छ । क्षेत्र नं। ३ बाट प्रदेशसभा २ का उमेदवार एमाले नेता उत्तरकुमार वली र नेपाली काङ्ग्रेसबाट क्षेत्र नं। ३ का प्रतिनिधीसभाका उमेवार दीपक गिरी समर्थक युवाबीच तुलसीपुर १ भ्युडर सुनपुरमा बुधबार झडप भएको हो ।

आफ्ना सक्रिय सदस्य खड्क थापा सहितका युवालाई उत्तर वलीका समर्थकहरुले कुटपीट गरेको दीपक गिरीका पक्षले बताएका छन् । घाइते मध्य एकजनाको टाउकोमा गहिरो चोट लागेको तस्विर प्राप्त भएको छ । नेपाली काङ्ग्रेसका सक्रिय सदस्य खड्क थापा र सेवक ढकालको तुलसीपुरको सिटी अस्पतालमा उपचार भइरहेको छ ।

उता वली पक्षकाले भने दीपक गिरीका समर्थकहरुले आक्रमण गर्दा लु १ ज ७३३९ न.। को गाडीको सिसा फुटेको बताएका छन् । यता इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी सुधिरराज शाहीले भने घटनाबारे जानकारी आए लगत्तै शसस्त्र प्रहरीको टोली पठाएको बताएका छन् । ‘डिटेलमा पछि भनौंला, सामान्य झगडा जस्तै भएको रहेछ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुजाताको ‘लञ्च-मिटिङ’मा सिटौलाको ‘ईन्ट्री’,देउवा घेराबन्दीमा !
सुजाताको ‘लञ्च-मिटिङ’मा सिटौलाको ‘ईन्ट्री’,देउवा घेराबन्दीमा !
ललितपुरमा एकैदिन ३८ कोरोना संक्रमित, रेकर्ड तोडियो
ललितपुरमा एकैदिन ३८ कोरोना संक्रमित, रेकर्ड तोडियो
डडुवा, रानीटार र झुलेटारमा फस्टायो तरकारी खेती
डडुवा, रानीटार र झुलेटारमा फस्टायो तरकारी खेती
अब अधिकारका लागि शहीद हुनु पर्दैन: प्रधानमन्त्री
अब अधिकारका लागि शहीद हुनु पर्दैन: प्रधानमन्त्री
‘हामी अन्तिम १६ मा प्रवेश गर्न पनि लायक थिएनौं’ -जर्मनी प्रशिक्षक जोचिम लो   
‘हामी अन्तिम १६ मा प्रवेश गर्न पनि लायक थिएनौं’ -जर्मनी प्रशिक्षक जोचिम लो  
दधिराज सुवेदी साहित्य पुरस्कार प्रा डा सुवेदीलाई
दधिराज सुवेदी साहित्य पुरस्कार प्रा डा सुवेदीलाई
अर्थमन्त्री महतले भने : ब्याजदरको समस्या समाधान हुन्छ
अर्थमन्त्री महतले भने : ब्याजदरको समस्या समाधान हुन्छ
सम्बन्ध लुकाउन बालक हत्या आरोपमा पक्राउ परेका ससुरा र बुहारी जेल चलान
सम्बन्ध लुकाउन बालक हत्या आरोपमा पक्राउ परेका ससुरा र बुहारी जेल चलान
कोरोनो संक्रमितको संख्या नाघ्यो ७ करोड, अमेरिका सबैभन्दा बढि प्रभावित
कोरोनो संक्रमितको संख्या नाघ्यो ७ करोड, अमेरिका सबैभन्दा बढि प्रभावित
सिसिक्यामेरा बिग्रिएर काम गर्न छाडेको महिनौ भइसके पनि अझै मर्मत हुन सकेनन ।
सिसिक्यामेरा बिग्रिएर काम गर्न छाडेको महिनौ भइसके पनि अझै मर्मत हुन सकेनन ।

तपाईंले छुटाउनुभयो कि?