धनकुटालाई प्रदेश राजधानी बनाउनतर्फ उम्मेदवारको ध्यान

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ९, २०७४
|
|
३१ पटक हेरिएको
Shares
धनकुटालाई प्रदेश राजधानी बनाउनतर्फ उम्मेदवारको ध्यान

सारांश

  • एउटा मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटाका उम्मेदवारले १ नम्बर प्रदेशको राजधानी बनाउने वाचा गर्दै मत मागिरहेका छन् ।
  • मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा धनकुटाबाट प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनबाट राजेन्द्र राई र लोकतान्त्रिक गठबन्धनबाट सुनिलबहादुर थापा उम्मेदवार छन् ।
  • दुवै उम्मेदवार आफूले जितेको खण्डमा मात्र धनकुटा प्रदेश नम्बर १ को राजधानी बन्ने दाबी गर्दै मत मागिरहेका छन् ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटाका उम्मेदवारले १ नम्बर प्रदेशको राजधानी बनाउने वाचा गर्दै मत मागिरहेका छन् ।

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा धनकुटाबाट प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनबाट राजेन्द्र राई र लोकतान्त्रिक गठबन्धनबाट सुनिलबहादुर थापा उम्मेदवार छन् । दुवै उम्मेदवार आफूले जितेको खण्डमा मात्र धनकुटा प्रदेश नम्बर १ को राजधानी बन्ने दाबी गर्दै मत मागिरहेका छन् ।

उनीहरुले चुनावी अभियानका क्रममा मतदातालाई आफूतिर आकर्षित गर्न प्रदेश नं १ को राजधानी बनाउन आफ्नो पार्टीले जित्नुपर्ने आश देखाइरहेका छन् । मतदाताको घरदैलोमा पुग्दा होस् वा चुनावी सभा वा प्रतिबद्धता पत्रमा होस्, उनीहरुले प्र्रदेशको राजधानी बनाउने कुरालाई पहिलो प्राथमिकतामा राख्ने गरेका छन् ।

उम्मेदवार राईले पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकामको रुपमा रहेको धनकुटालाई प्रदेश नं १ को केन्द्र (प्रदेश राजधानी) को रुपमा कायम गर्ने मुद्दा अघि सारेको र त्यसका लागि अन्तिम प्रयत्न गर्ने बताउनुभयो ।

पछिल्ला दिनमा प्रदेश नं १ को राजधानी कहाँ बनाउने भन्ने विषय पेचिलो बन्दै गएको छ । प्रदेश नं १ को राजधानी इटहरीलाई बनाउन दबाब दिँदै दिनहुँ आन्दोलन पनि भइरहेका छन् । तर, धनकुटाले पनि राणा कालदेखिको प्रशासनिक कार्यालय धनकुटामै रहेकाले प्रदेशको राजधानी अन्यत्र सार्न नमिल्ने भन्दै संघर्ष गर्दै आएको छ ।

“विकासन्मुख समाजको वस्तुगत अवस्थालाई विश्लेषण गरेर आवश्यकताअनुसार विकास निर्माण गर्ने, जस्तै बाटोको कुरामा राष्ट्रिय राजमार्गबाट स्थानीयको सदरमुकामसम्म पाँच वर्षभित्रमा कालोपत्रे गरिसक्ने र स्थानीय तहको सदरमुकामदेखि हरेक वडासम्म पक्की बाटो बनाउने छौँ”– नेकपा (एमाले) धनकुटाका अध्यक्षसमेत रहनुभएका राईले भन्नुभयोे ।

तमोर करिडोर अरुण करिडोरको सम्भाव्यता अध्ययन गरी ‘एग्री कल्चर हव’का रुपमा विकास गर्ने, एउटा गाउँ एउटा उत्पादनलाई प्राथमिकता दिने, खोकु छिन्ताङको सुन्तलालगायत धनकुटामा उत्पादन हुने अन्य वस्तुलाई बढवा गर्ने उम्मेदवार राईको संकल्प छ ।

त्यसैगरी पाख्रीवासको कृषि अनुसन्धान केन्द्रलाई कृषि विश्व विद्यालयका रुपमा विकास गर्नको लागि पहल गर्ने वाम गठबन्धनले प्रतिबद्धता गरेको छ । सुविधा सम्पन्न जिल्ला अस्पताल निर्माण गर्ने, धनकुटाका ६० वटै वडामा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना गर्ने र प्रत्येक वडालाई आधुनिक शहरका रुपमा विकास गर्ने योजना छ ।

“मैले पहिलेदेखि नै धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउन पहल गरिरहेको छु” उद्योगमन्त्रीसमेत रहनुभएका थापाले भन्नुभयो, “भौगोलिक र सामथ्र्यका हिसाबले पनि धनकुटा प्रदेश राजधानी बन्न उपयुक्त भएकाले मैले चुनावी एजेण्डा नै बनाएको छु ।”

सम्बृद्ध र सम्मानित नागरिकका रुपमा धनकुटेली जनतालाई स्थापित गर्न यहाँको मुख्य आम्दानीको रुपमा रहेको फलफूल एवं तरकारी बालीमा आधुनिकीकरण गर्दै जैविक कृषि कार्यलाई अघि बढाइ किसानलाई आत्मनिर्भर बनाउने मन्त्री थापाको योजना छ ।

क्यान्सर र मिर्गौला फेल भएका बिरामीलाई औषधोपचार खर्च वृद्धि गर्दै क्रमशः निःशुल्क उपचार व्यवस्था गर्ने र महिला स्वास्थ्य स्वयंसेविकलाई कम्तीमा मासिकरुपमा निर्वाह भत्ता दिने व्यवस्थाका लागि पहल गर्ने लोकतान्त्रिक गठबन्धनको संकल्प छ ।

राप्रपा (प्रजातान्त्रिक) का महामन्त्रीसमेत रहनुभएका थापाले कृषिविज्ञको एवं सिँचाइको लागि उचित व्यवस्था गर्ने र हरेक गाउँपालिका र नगरपालिकामा एक÷एक वटा पशु स्वास्थ्य केन्द्र स्थापना गरिने बताउनुभयो । यहाँका प्रदेशसभाका उम्मेदवारको पनि चुनावी मुद्दा प्रतिनिधिसभाका उम्मेदवारको जस्तै छन् ।

भौतिक संरचना पर्याप्त हुनु, ताप्लेजुङ जोडने तमोर करिडोरको निर्माण हुनु, पूर्वका सबै जिल्लासँग सडक सञ्जाल जोडिनु, विमानस्थल निर्माणको प्रारम्भ हुनु र अन्तरराष्ट्रिय मापदण्ड पूरा गर्नु लोकतान्त्रिक गठबन्धको तर्क रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“mostbet Kz Онлайн Казино Ресми Сайты Слоттар + 250 Fs Мостбет Кз Официальный Сай
निर्मला पन्त प्रकरणमा मुछिएका एसपी र इन्सपेक्टरलाई बर्खास्त गर्दै सरकार
निर्मला पन्त प्रकरणमा मुछिएका एसपी र इन्सपेक्टरलाई बर्खास्त गर्दै सरकार
ओलीलाई पेलेरै जाने दाहाल–नेपालको तयारी, धुम्बाराहीमा आज ४ बजे भेला हुँदै
तथ्यांकमा काठमाडौं : जनघनत्व र जनसङ्ख्या सबैभन्दा बढी
तथ्यांकमा काठमाडौं : जनघनत्व र जनसङ्ख्या सबैभन्दा बढी
कोलम्बियामा कोरोना रोकथाममा खटिएका सात सैनिकद्वारा आदिवासी किशोरीमाथि बलात्कार
कोलम्बियामा कोरोना रोकथाममा खटिएका सात सैनिकद्वारा आदिवासी किशोरीमाथि बलात्कार
उत्तर कोरियाद्वारा ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण
उत्तर कोरियाद्वारा ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण
वारि र पारिकाे मिलेमताेमा सीमामा अपराध बढ्दै
वारि र पारिकाे मिलेमताेमा सीमामा अपराध बढ्दै
संघीयताका कारण कर ‘आतंक’ मच्चाउदै  स्थानीय सरकार !
संघीयताका कारण कर ‘आतंक’ मच्चाउदै स्थानीय सरकार !
एक्सन फिल्मको पर्खाइमा पुष्प खड्का
एक्सन फिल्मको पर्खाइमा पुष्प खड्का
सङ्कटको समयमा महत्वपूर्ण कामको जिम्मा सुरक्षा निकायलाई नै दिइन्छः गृहमन्त्री (अन्तर्वार्ता)
सङ्कटको समयमा महत्वपूर्ण कामको जिम्मा सुरक्षा निकायलाई नै दिइन्छः गृहमन्त्री (अन्तर्वार्ता)

तपाईंले छुटाउनुभयो कि?