पारस खड्काले लिए सन्यास

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १९, २०७८
|
|
३८ पटक हेरिएको
Shares
पारस खड्काले लिए सन्यास

सारांश

  • नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्।
  • मंगलबार विहान समाजिक सञ्जाल फेसबुकबाट आफ्नो निर्णय सार्वजनिक गर्दै खड्काले संन्यास लिने घोषणा गरेका हुन् ।
  • सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरकोेकारवाला प्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले संन्यास लिने निर्णय गरेको छु ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्। मंगलबार विहान समाजिक सञ्जाल फेसबुकबाट आफ्नो निर्णय सार्वजनिक गर्दै खड्काले संन्यास लिने घोषणा गरेका हुन् ।

सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरकोेकारवाला प्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले संन्यास लिने निर्णय गरेको छु ।’ उनले समाजिक सञ्जालमा अगाडी उल्लेख गरेका छन् ‘नेपालको लागि खेल्नु मेरो जीजनको सर्वश्रेष्ठ उपलब्धि हो । २००२ मा १५ बर्षको हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरु, मेरो परिवार र साथीहरु प्रति म सदैव ऋणी रहनेछु ।

क्रिकेटरका रुपमा मैले आफ्नो मन, वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो मूमिका निर्वाह गरे । मेरो जीजनमा मैले देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नती हो तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सराकारवालाहरुको संयुक्त प्रयासको आश्यकता छ । इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्यपनि एउटा नयाँ उचाईमा पु¥याउनेछौ ।’

खड््काले अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा आफ्नो यात्रा टुङ्गीएको जनाउँदै नेपाली क्रिकेटको लागि आफ्नो सपना अझै बामे सर्दे जाने बताएका छन् । मैदान भित्रका दुई दशक आफ्ना लागि जीवन रहुन्जेल मिठो यादका रुपमा रहने जनाउँदै उनले सबै मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाईमा पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसईईमा अनुत्तीर्ण सबै विद्यार्थी मौका परीक्षामा सहभागी हुन पाउने
एसईईमा अनुत्तीर्ण सबै विद्यार्थी मौका परीक्षामा सहभागी हुन पाउने
नेपाल प्रहरीका १६ डीआईजीको सरुवा (सूचीसहित)
नेपाल प्रहरीका १६ डीआईजीको सरुवा (सूचीसहित)
​प्रधानमन्त्रीद्वारा सरकारको अन्तर्राष्ट्रिय सम्बन्धबारे नेकपा सचिवालयलाई जानकारी
​प्रधानमन्त्रीद्वारा सरकारको अन्तर्राष्ट्रिय सम्बन्धबारे नेकपा सचिवालयलाई जानकारी
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ: सरकार परिवर्तनको कुनै सम्भावना छैन
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ: सरकार परिवर्तनको कुनै सम्भावना छैन
श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश
श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश
ठोसो जलाउँदा जैविक क्षति बढ्दै
ठोसो जलाउँदा जैविक क्षति बढ्दै
केन्द्रीय कमिटी डाकेर ओली र प्रचण्ड एक-अर्कामाथि करबाही गर्दै
डा. भागवत आचार्यको अध्यक्षतामा खामतेल मञ्चको नयाँ कार्यसमिति चयन
डा. भागवत आचार्यको अध्यक्षतामा खामतेल मञ्चको नयाँ कार्यसमिति चयन
इटहरी उपमहानगर : मेयरमा ६ भोट, उपमेयरमा शून्य पनि, कांग्रेस एमालेबाहेक सबैको जमानत जफत
इटहरी उपमहानगर : मेयरमा ६ भोट, उपमेयरमा शून्य पनि, कांग्रेस एमालेबाहेक सबैको जमानत जफत
डलर साट्न बोलाई ठगी गरि फरार
डलर साट्न बोलाई ठगी गरि फरार