आमाछोरीको हत्यामा संलग्न साह प्रहरीद्वारा सार्वजनिक
सारांश
- गाईघाट ३०,असोज ।
- उदयपुर को चौकिबारीमा एक हप्ता अघि भएको आमाछोरीको हत्यामा संलग्न एक युवक पक्राउ परेका छन ।
- गएको असोज २४ गते धारिलो हतियार प्रयोग गरी आमाको छोरीको हत्या गर्ने हत्यारालाई प्रहरीले आज ३० गते विहिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
गाईघाट ३०,असोज । उदयपुर को चौकिबारीमा एक हप्ता अघि भएको आमाछोरीको हत्यामा संलग्न एक युवक पक्राउ परेका छन । गएको असोज २४ गते धारिलो हतियार प्रयोग गरी आमाको छोरीको हत्या गर्ने हत्यारालाई प्रहरीले आज ३० गते विहिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
प्रहरीले हत्यामा संलग्न लहान नगरपालिका-८ घर भई हाल त्रियुगा नगरपालिका-३ स्थित मोतिगडामा डेरागरी मिठाई पसल संचालन गर्ने वर्ष ४० का रामहरी साह लाई विहिबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
त्रियुगा नगरपालिका-९ चौकिबारीकी आमा २८ वर्षिय शारदाकुमारी चौधरी र छोरी ९ वर्षिय रचना कुमारी चौधरीको धारिलो हतियारले घाँटी रेटी काटी निर्मम तवरले हत्या गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
अवैध सम्बन्धको कारण हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।मृतक महिलासंग गहिरो प्रेम सम्बन्ध रहेको तर विहे गर्न अस्विकार गरेपछि हत्या गरेको बयान दिएको र प्रेम सम्बन्ध असफल भएपछि हत्या गरेको वयानसमेतलाई आधारमानी प्रहरी अन्तिम निष्कर्षमा पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादुर बुढामगरले पत्रकार सम्मेलनमा जानकारी दिएका छन ।
अभियुक्तले साहले शुक्रबार साँझ अन्दाजी ७,८ बजेको समयमा घाँटीमा सलले कसी घटना घटाएको र पछि मृतकको घरको भर्याङ मुनी घाटी रेटी काटी मारेको अभियुक्तले स्वीकार गरेको कुरा लाई उध्रित गर्दै एसपी बीरबहादुर बुढामगरले पत्रकार सम्मेलनमा जानकारी दिएका छन ।
पत्रकार सम्मेलनमा अभियुक्तले पहिले आमालाई र पछि छोरीलाई पालैपाले घाँटीमा सलले कसी मारेको र मरेपछि अभियुक्तले धारिलो हतियार प्रहार गरेको एसपी मगरले जानकारी दिए ।
प्रहरीले घटनाको प्रकृतिमुचुल्का उठाउनुका साथै गहिरो अन्सन्धान थालेको ६ दिनमै अपराधी पत्ता
लगाउन उदयपुर प्रहरी सफल भएको हो ।
प्रतिक्रिया