२ पटक पासपोर्ट बनाइसकेका गायक गुरुङ पहिलोपटक विदेश जाँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २६, २०७४
|
|
२३ पटक हेरिएको
Shares
२ पटक पासपोर्ट बनाइसकेका गायक गुरुङ पहिलोपटक विदेश जाँदै

सारांश

  • काठमाडौं ।
  • कास्कीको घान्द्रुकमा जन्मिएर नवलपरासीमा हुर्केका राजन गुरुङ कलाकारिता क्षेत्रका हस्ती हुन् ।
  • धेरै गीत रेकर्डिङ गरेर पनि चर्चामा आउन नसकेका एक पात्र हुन् गुरुङ ।

काठमाडौं । कास्कीको घान्द्रुकमा जन्मिएर नवलपरासीमा हुर्केका राजन गुरुङ कलाकारिता क्षेत्रका हस्ती हुन् । धेरै गीत रेकर्डिङ गरेर पनि चर्चामा आउन नसकेका एक पात्र हुन् गुरुङ । २०५५ सालमा काठमाडौं छिरेका गुरुङले ०५८ सालमा आफ्नो पहिलो गीत रेर्कड गरेका थिए । ‘पारी शीतल वनैमा’ बोलको गीत रेकर्ड गराएका गुरुङको पहिलो गीतले बजारमा राम्रो मार्केट लिएको थियो । दर्शकहरुबाट पनि उक्त गीतको राम्रो प्रतिक्रिया आएको उनी बताउँछन् ।

त्यस्तै उनले लगातार गीतहरु रेकर्ड गर्दै आइरहे, बजारमा राम्रो चले तर गुरुङ भने चर्चामा आउन सकेनन् । लोकगायक लोक बहादुर क्षेत्रीको फ्यान रहेका गुरुङ बाटोमा समेत उहाँको गीत गाउँदै भुनभुनाउँदै हिँड्ने गरेको उनी भन्छन् ।

पशुपति म्यूजिक प्रा.लि. बाट ०६३ सालमा ‘बोली तोते तोते’ बोलको गीत बजारमा ल्याए । उक्त गीत बजारमा आएपछि पनि उनी चर्चामा आउन सकेनन् । त्यस्तै ०६४ सालमा ‘दशैं तिहार आयो’, ०६८ सालमा ‘माफ गरिदेउ सानु’, ०६९ सालमा ‘मै जन्मेको घान्द्रुङ गाउँ’, ०७१/०७२ सालमा ‘आकाशैमाथि जहाजै उड्यो’, र ०७३ सालमा ‘उही खोलीमा पानी उही खोलीमा माछा’ भन्ने बोलको गीत बजारमा ल्याइसकेका छन् ।

सोखिनको रुपमा यो पेशालाई अँगालेका गुरुङ यो ठाउँसम्म आइपुग्दा आफू यस क्षेत्रमा लुकेर रहेको बताउँछन् । उनी भन्छन्, ‘अझै पनि यो पेशालाई निरन्तरता दिन्छु, अब सबैले चिन्ने गरी अगाडि बढ्छु ।’

सुरुमा काठमाडौं आएर होटलमा बसेर गीत रेर्कड गर्ने गरेको उनी सम्झन्छन् । भन्छन्, ‘महिनामा १ लाखभन्दा बढी खर्च हुन्थ्यो ।’ आफ्नो मौलिकपनलाई नै समेटेर अझ धेरै गीत रकेर्डिङ गर्नेछु, उनले भने, ‘सँधै यसरी नै दर्शक श्रोताको माया पाएमा थप उत्साह हौसल्ला मिल्नेछ ।’

विदेशमा कलाकारहरुको माग बढ्दो अवस्थामा रहेपनि हालसम्म उनी विदेश गएका छैनन् । पासपोर्टको मिति सकिएर पनि अर्को नयाँ बनाइसकेका गुरुङ भन्छन्, ‘गीत मात्र चल्यो, मान्छे चल्न सकिन् यसमा दुःख लागेको छ । अब पनि यही क्षेत्रमा लागेर सबैसामू चिनिन मन लागेको छ ।’

गुरुङ यही आउँदो जुलाई २९ मा लण्डन जाँदैछन् । उनको सांगीतिक यात्रा लण्डनमा हुने उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सबैलाई जानकारी समेत गराएका छन् ।

सायपत्री नेपाली कल्चर ग्रुप युकेको आयोजनामा उनी लण्डन जान लागेका हुन् । उनले फेसबुकमा मेरो जीवनको पहिलो विदेस यात्रा तय गरिदिनुहुने मेरो आदरणीय दाजु एलबी गुरुङ र लोकप्रिय गायक मेरो अन्नय मित्र गणेश गुरुङलाई विशेष धन्यवाद दिएका छन् ।

चितवनमा एक मात्र रहेको ब्रदर्श कम्पनीका टिम म्यानेजर किरण गुरुङ  रोशन गुरुङ, करण गुरुङ उहाँहरुसँग समन्वय गर्दै फुटसल, ब्वाईज होस्टेल, कार वास, कार डेकोर, बर्दश युट्युब च्यानल, बर्दश म्यूजिक कम्पनी जस्ता व्यवसायमा गायक गुरुङ पनि आबद्व रहेका छन् ।

सानै उमेरदेखि लोक संगीतमा रूची राख्ने गायक राजन गुरुङले समय परिवेशअनुसार नयाँ नयाँ प्रस्तुती दिइराखेका छन् । तर, अहिले पनि उनको  ‘उही खोलीको पानी, उही खोलीमा माछा’ बोलको गीतले बजार तातिरहेको छ ।

नेपाली कला र सँस्कृतिको जगेर्ना गर्ने हेतुले साथै सानैदेखिको गीत संगीतप्रतिको झुकावले गर्दा आफूलाई घच्घच्याईरहेको कारण लोकदोहोरी गीत सृजना गरेको र दर्शक स्रोताको मिठो मायाले हौसला थपेको कारणले गर्दा आफू यसै बस्न नसकेको कुरा गुरुङले बताएका छन् ।

उनी भन्छन्, ‘मलाई दर्शक, श्रोता र शुभचिन्तकहरुसमक्ष राजन गुरुङ भनेर चिनाएको गीत नै यही हो । त्यसैले अहिले स्टेज कार्यक्रममा यही गीत गाउन आग्रह गर्दछन् ।’

‘उही खोलीमा पानी’ बोलको गीतले चिनायो : राजन गुरुङ

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?