पार्टी एकता टुक्रिने विषयमा प्रम ओलीले भने ”दुई शेर एउटै जंगलमा मिलेर बसेका छौँ”

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ९, २०७५
|
|
३० पटक हेरिएको
Shares
पार्टी एकता टुक्रिने विषयमा प्रम ओलीले भने ”दुई शेर एउटै जंगलमा मिलेर बसेका छौँ”

सारांश

  • प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई कम्युनिष्ट पार्टीको एकता टुक्रिने र फुट्ने कुरा प्रतिक्रियावादीको हल्ला मात्र भएको बताउनुभएको छ ।
  • नेकपाद्वारा आज यहाँ आयोजित सुदूरपश्चिमस्तरीय विशेष कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलन कसैले भनेर फुट्नेवाला छैन भन्नुभयो ।
  • तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछि पार्टीका दुई अध्यक्षको व्यवस्थाका सन्दर्भमा विपक्षीबाट हुने गरेको टिप्पणीतर्फ लक्षित गर्दै उहाँले भन्नुभयो, “दुई वटा शेर एउटै जङ्गलमा हुन सक्दैनन् भनेर विपक्षीले भन्छन् तर हामी मिलेर बसेका छौँ ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई कम्युनिष्ट पार्टीको एकता टुक्रिने र फुट्ने कुरा प्रतिक्रियावादीको हल्ला मात्र भएको बताउनुभएको छ ।

नेकपाद्वारा आज यहाँ आयोजित सुदूरपश्चिमस्तरीय विशेष कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलन कसैले भनेर फुट्नेवाला छैन भन्नुभयो ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछि पार्टीका दुई अध्यक्षको व्यवस्थाका सन्दर्भमा विपक्षीबाट हुने गरेको टिप्पणीतर्फ लक्षित गर्दै उहाँले भन्नुभयो, “दुई वटा शेर एउटै जङ्गलमा हुन सक्दैनन् भनेर विपक्षीले भन्छन् तर हामी मिलेर बसेका छौँ ।”

लामो बलिदानी र सङ्घर्षको सफलतापछि देशमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था प्राप्त भएर देश नयाँ विन्दुमा आइपुगेको उहाँले उल्लेख गर्नुभयो । सुविधा उपभोग गर्न सरकारमा नगएको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘‘देश बनाउन, गरीबी हटाउन, देशलाई अल्पविकसित राष्ट्रबाट मुक्त पार्न, सबैलाई साक्षर बनाउने जस्ता काम गरेर परिवर्तन गर्ने अभियानमा छौँ ।”

प्रधानमन्त्रीले छाउपडीजस्ता कुप्रथा हटाउन जनजागरण अभियान चलाउन लागिएको बताउँदै पूर्व पश्चिम रेलमार्ग, मध्य पहाडी राजमार्ग, पुष्पलाल राजमार्ग, मदन भण्डारी राजमार्ग निर्माणमा प्राथमिकता दिएर काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट पार्टी कहिल्यै पनि अधिनायकवादमा जाँदैन भन्दै जनताको मन र विश्वास जित्ने गरी काम गर्न आग्रह गर्नुभयो । नयाँ नेपाल बनाउनका लागि नयाँ सोच, चिन्तन र दृष्टिकोणका साथ काम गर्न आवश्यक रहेको नेपालले उल्लेख गर्नुभयो ।
पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले दुई कम्युनिष्ट पार्टीको एकताले केही शक्ति सलबलाएको उल्लेख गर्दै एकताविरुद्ध भइरहेका षडयन्त्रबाट सचेत हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पार्टीका नेता भीमबहादुर रावल, कर्णबहादुर थापा, लेखराज भट्ट, माया भट्टलगायतले पनि बोल्नुभएको थियो । कार्यक्रममा नेकपाका नेता एवं ऊर्जामन्त्री वर्षमान पुन र भौतिक योजना तथा निर्माणमन्त्री रघुवीर महासेठलगायत सहभागी हुनुहुन्थ्यो । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा भएकाे नाकाबन्दीका सुत्रधार अजित डाेभल माेदीका सुरक्षा सल्लाहकार नियुक्त
नेपालमा भएकाे नाकाबन्दीका सुत्रधार अजित डाेभल माेदीका सुरक्षा सल्लाहकार नियुक्त
Mostbet-AZ91: İdman Mərcləri və Giri
महाधिवेशनको मिति अन्योलमा, आन्दोलनको मुडमा राजपा
महाधिवेशनको मिति अन्योलमा, आन्दोलनको मुडमा राजपा
धनुषामा टिपर दुर्घटनाः दुईजनाको घटनास्थलमै मृत्यु
धनुषामा टिपर दुर्घटनाः दुईजनाको घटनास्थलमै मृत्यु
प्रेम र सेक्सबारे विद्यार्थी नेता नवीना लामा भन्छिन्– लोग्नेमान्छेलाई अन्ततः सेक्स नै चाहन्छ
प्रेम र सेक्सबारे विद्यार्थी नेता नवीना लामा भन्छिन्– लोग्नेमान्छेलाई अन्ततः सेक्स नै चाहन्छ
टान निर्वाचन : लम्साल समूहद्वारा आज १२ः ३० बजे पत्रकार सम्मेलनको आयोजना
टान निर्वाचन : लम्साल समूहद्वारा आज १२ः ३० बजे पत्रकार सम्मेलनको आयोजना
‘एउटै बर्को पिरतीको आधा आधा ओढौ’ भन्दै सुरेश र मनु
‘एउटै बर्को पिरतीको आधा आधा ओढौ’ भन्दै सुरेश र मनु
रेणु दाहालको पहलमा ३६५ बालबालिकाको हेलिकप्टरबाट उद्दार
रेणु दाहालको पहलमा ३६५ बालबालिकाको हेलिकप्टरबाट उद्दार
बालस्वास्थ्य र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा सुरु
बालस्वास्थ्य र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा सुरु
देउवाविरोधी मोर्चाले हान्दै सिटौला, यसरी बन्दैछन कांग्रेस भित्रको स्ट्राइकर
देउवाविरोधी मोर्चाले हान्दै सिटौला, यसरी बन्दैछन कांग्रेस भित्रको स्ट्राइकर

तपाईंले छुटाउनुभयो कि?