हिक्मत गोठालो र नौसरालाई साँस्कृतिक महासंघको सम्मान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ६, २०७४
|
|
२५ पटक हेरिएको
Shares
हिक्मत गोठालो र नौसरालाई साँस्कृतिक महासंघको सम्मान

सारांश

  • दाङ, ६ चैत ।
  • अखिल नेपाल जनसांस्कृतिक महासंघ दाङले साँस्कृतिक प्रतिरोध दिवसको अवसरमा कलाकारसहित विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ ।
  • जनयुद्धकालमा भावाङ र अनेकोटमा ठूलो संख्यामा कलाकार मारिएको दिनको सम्झनामा माओवादीको साँस्कृतिक संगठनहरुले यो दिवस मनाउँदै आएका छन् ।

दाङ, ६ चैत । अखिल नेपाल जनसांस्कृतिक महासंघ दाङले साँस्कृतिक प्रतिरोध दिवसको अवसरमा कलाकारसहित विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । जनयुद्धकालमा भावाङ र अनेकोटमा ठूलो संख्यामा कलाकार मारिएको दिनको सम्झनामा माओवादीको साँस्कृतिक संगठनहरुले यो दिवस मनाउँदै आएका छन् ।

घोराही उपमहानगरपालिका– १२ सिस्नेरी गाउँमा आयोजित साँस्कृतिक प्रतिरोध दिवसमा दुःखकष्टका साथ भूमिगत राजनीतिमा योगदान दिने हिक्मत गोठालो र नौसरा सुनारलाई सम्मान गरिएको थियो । त्यस्तै स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनमा खट्ने रक्तबीज सांस्कृतिक परिवारका २७ जना कलाकारलाई कदरपत्रसहित अभिनन्दन गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य निर्मल आचार्यले सहिदकै बलिदानका कारण नेपालमा गणतन्त्र आएकाले परिवर्तनलाई संस्थागत गर्न सहिदको योगदानको उच्च मूल्यांकन गर्नुपर्ने बताएका थिए । लामो समयदेखि कम्युनिष्टहरुले अघि सार्दै आएका बाम एजेण्डा लागु गर्ने बेला आएको भन्दै यसमा साँस्कृतिककर्मीहरुले पनि योगदान दिनुपर्ने आवश्यकता औंल्याए ।

जनसाँस्कृतिक महासंघ दाङका अध्यक्ष टीका बुढा ‘रञ्जित’को अध्यक्षतामा भएको कार्यक्रममा दलित मोर्चाका प्रदेश इञ्चार्ज खड्क सुनार, हास्यकलाकार कमल गाउँले, एकीकृत अखिल नेपाल शिक्षक संगठनका कोषाध्यक्ष जीतबहादुर बिक, माओवादी केन्द्र घोराही १२ का अध्यक्ष राजु कान्छालगायतले मन्तव्य व्यक्त गरेका थिए । माओवादी केन्द्र घोराही १२ का सचिव मनप्रसाद चौधरीको स्वागत मन्तव्यबाट अगाडि बढेको उक्त कार्यक्रमको सञ्चालन महासंघका सचिव हिरा सुनारले गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?