पार्टी एकता भैसक्यो, घोषणा हुनमात्रै बाँकी : पाण्डे

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
३६ पटक हेरिएको
Shares
पार्टी एकता भैसक्यो, घोषणा हुनमात्रै बाँकी : पाण्डे

सारांश

  • काठमाडौं, १३ माघ ।
  • नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री सोमप्रसाद पाण्डेले एमाले र माओवादीवीचको पार्टी एकता भैसकेकोले अब घोषणा गर्नमात्रै बाँकी रहेको सुनाए ।
  • उनले भने,‘पार्टी एकता भैसक्यो, अब घोषणा गर्न मात्रै बाँकी छ, हामी अब पदीय अलमलमा छैनौं।

काठमाडौं, १३ माघ । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री सोमप्रसाद पाण्डेले एमाले र माओवादीवीचको पार्टी एकता भैसकेकोले अब घोषणा गर्नमात्रै बाँकी रहेको सुनाए । उनले भने,‘पार्टी एकता भैसक्यो, अब घोषणा गर्न मात्रै बाँकी छ, हामी अब पदीय अलमलमा छैनौं।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पाण्डेले जनताका वीचमा एमाले र माओवादीवीच एकता भैसकेकोले अब छिट्टै एकता हुने विश्वास दिलाए । उनले थपे,‘केही दिनभित्रै एकता हुन्छ, नेताहरुवीच पदीय बाँडफाँडमा कुनै विमति छैन, नेताहरु मिल्छन्।’ वाम गठबन्धनका प्रमुख नेताद्धय एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बसेर सबै कुरा टुँगो लगाउने उनको विश्वास थियो ।

पाण्डेले निर्वाचन सम्पन्न भएपछि मुलुकमा राजनीतिक परिवर्तनको एउटा अध्याय समाप्त भएकोले अब आर्थिक समृद्धिको यात्रा सुरु भएको स्पष्ट पारे । उनले भने,‘अब मुलुक समृद्धिको यात्रामा अघि बढ्यो, यसको लागि सबै दलहरुवीच हातेमालो हुन जरुरी छ।’

उनले फागुणको पहिलो हप्ताभित्रै नयाँ सरकार गठन हुने विश्वास दिलाए । पाण्डेले भने,‘वाम गठबन्धनले समृद्धिको यात्रा हाँसिल गर्नको लागि झण्डै दुई तिहाई हाँसिल गरेको छ, अब हामी सरकार बनाउँछौं।’

उनले वर्तमान सरकारले गरेका निर्णयहरुप्रति टिप्पणी गर्दै भने,‘नेपाली कांग्रेसको नियत के हो ? देउवाको गतिविधिको बारेमा हामीले भनिरहनुपर्दैन नि, उनले राजाको पाउमा लगेर बहुदलीय व्यवस्था बुझाएकै हुन्।’ देउवाले मुलुकको अर्थतन्त्र समाप्त पार्नेगरि निर्णय गरेको आरोप लगाउँदै उनले भने,‘वाम गठबन्धनको शासन चल्न नसकोस् र अब बन्ने सरकारलाई असफल तुल्याउनको लागि यस्तो निर्णय गरेको हो।’

उनले एमाले र माओवादी केन्द्रको एकतालाई तोड्ने उद्देश्यले वृद्धभत्ताको लागि ६५ वर्ष लगायतका पछिल्ला निर्णयहरु भएको आरोप लगाए । उनले भने,‘यो गलत हर्कत जनताले थाहा पाईसकेका छन्।’ उनले अब बन्ने सरकारले देउवा सरकारले गरेका कतिपयहरु नराम्रा निर्णयहरु गलत भए सच्याउने पनि जनाए ।

उनले थपे,‘हामी यो सरकारले गरेका निर्णयहरु सबै उल्टाउँछौं भनेर भन्दैनौ, तर असंवैधानिक, गैरकानूनी र गलत नियत राखेर गरिएका निर्णयहरुमा पूर्नविचार गर्छौं, सच्याउनसम्म सक्छौं।’

(store.connect4education.com)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Rabindra Baral

    अाजसमन केराहेरेर बसेको होर नसुननउन लाई।।।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रकाश कटुवाल र गायिका सिर्जु अधिकरीको तिज गीत  बजारमा !
प्रकाश कटुवाल र गायिका सिर्जु अधिकरीको तिज गीत बजारमा !
प्रेस युनियन तनहुँको अध्यक्षमा नहर्की निर्वाचित
प्रेस युनियन तनहुँको अध्यक्षमा नहर्की निर्वाचित
अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रथम महिला सहभागी
अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रथम महिला सहभागी
मध्यराति बिस्केट जात्रामा ढुंगा हान्ने १३ पक्राउ
मध्यराति बिस्केट जात्रामा ढुंगा हान्ने १३ पक्राउ
‘S’ बाट नाम सुरु हुनेले अवश्य पढ्नुहोस, के छ रहस्य ?
‘S’ बाट नाम सुरु हुनेले अवश्य पढ्नुहोस, के छ रहस्य ?
मनाङमा चार महिनामा आठ हजार पर्यटक
मनाङमा चार महिनामा आठ हजार पर्यटक
डाक्टर गोविन्द केसीले औषधि लिन मानेनन्, माग पूरा नभए मर्न तयार हुने अडान
डाक्टर गोविन्द केसीले औषधि लिन मानेनन्, माग पूरा नभए मर्न तयार हुने अडान
यी हुन् जुवाडेको पैसा लुट्ने प्रहरी नायव निरीक्षक मल्ल !
यी हुन् जुवाडेको पैसा लुट्ने प्रहरी नायव निरीक्षक मल्ल !
दार्चुलामा बालक मृत्यु प्रकरण: भारती कम्पनीले लियो जिम्मेवारी, क्षतिपूर्ति दिन तयार
दार्चुलामा बालक मृत्यु प्रकरण: भारती कम्पनीले लियो जिम्मेवारी, क्षतिपूर्ति दिन तयार
कविता : सबैको शहर बूढानीलकण्ठ नगर,  उत्कृष्ट बनाउने हाम्रो रहर
कविता : सबैको शहर बूढानीलकण्ठ नगर, उत्कृष्ट बनाउने हाम्रो रहर

तपाईंले छुटाउनुभयो कि?