हाम्रो आक्रोश नेतृत्व विहिन छ र लुट्नेलाई छुट छ ।
सारांश
- विजय तिमिल्सिना मेरो देश अब बन्छ ।
- म बनाउछु मेरो देश ।
- जनताको साथ पाए भने देश कसरी बनाउनु पर्छ त्यो भिजन मात्र म सँग छ ।
विजय तिमिल्सिना
मेरो देश अब बन्छ । म बनाउछु मेरो देश । जनताको साथ पाए भने देश कसरी बनाउनु पर्छ त्यो भिजन मात्र म सँग छ । भ्रष्टाचार मुक्त सरकारको पारीकल्पना गर्नुस भ्रष्टहरुको अन्त्य गर्न पनि देशलाई मेरो आवश्क्ता छ । त्यो अवश्क्ता पुरा गर्न सदन र सरकारमा मै हुनुपर्छ मेरो विकल्प अरु छैन त्यसैले मलाई भोट दिनुस । यी र यस्तै नारा सँग जनताले भोट साटेका हुन्छन तर नेताले जनतालाई नाराको ठीक उल्टो कर्म गरेर जनतालाई ढान्टेका हुन्छन ।
टोले राजनीति देखी राष्ट्रिय राजनीति सम्म भ्रष्टाचार हुन्छ भैरहेकै छ तर पनि हामी छुट दिन्छौ । अझै भनौ छुट मात्रै हो र घुस नै दिन्छौ । हामी हाम्रो नागरिकता बोक्न अल्छि गर्छौ हाकिम नागरिकताको फोटोकपी हेर्न अल्छि गर्छन् । जाँगर चलाऊने एउटै अस्त्र छ । त्यही अस्त्र प्रयोग हुन्छ । दुबैको काम सम्पन्न दुबै प्रसन्न । अनी भन्छौ देश वर्वाद भइसक्यो । सरकार भ्रष्ट्रचारमा लिप्त छ । यो त सामान्य नागरिकका समस्या नागरिकता,पासपोर्ट,लाइन्स लगायतका कगजात नपुग्दा मालपोत,श्रम,ट्रफिक कार्यालय,पुलिस चौकी लगायतका सरकारी कार्यालय तिर घट्ने दैनिक घटनाहरु हुन । हामी सामान्य नागरिकले जानेर या नजानेर भाईरहेको यो भ्रष्ट्राचार बाटै प्रोतसाहित छ राष्ट्रिय तहको भ्रष्ट्राचार ।
भन्सार,कर कार्यालय,अदालत सबै सरकारी कार्यालय सबै मन्त्रालय,मन्त्रालयको सचिवालय चौबिसै घण्टा देश बनाउन तल्लिन हुनुपर्नेमा देश लुट्ने प्लान गरिरहेका हुन्छन । कर्मचारी,व्यपारी,नेताका गुलामी गर्छन् नेता नेत्रित्वको यसै गरी तह तह भएर भष्ट्राचार मौलाही रहोको छ । गर्ने र गराउने दुबै प्रसन्न छन । दुखी त इमानदार जनता जो खुरु खुरु कर तिर्छन । आफुले तिरेको कर केका लागि पनि सोध्दैनन त्यसैले राज्य बाट तिरेको करको सुविधा पनि खोज्दैनन । यती ज्ञानी जनता भए पछी लुट्नेलाई छुट हुनै नै भयो ।
भ्रष्ट्राचारका काण्डै काण्ड सुन्दै आएको पनि वर्षौ भयो । केही भ्रष्ट्राचारीलाई आरोप लगाइयो केहीलाई पक्रियो तर भ्रष्ट्र सिमित प्रमाणीत भए धेरैले सफाई पाए । जेल जाने साना माछा हुन रे सफाई पाउने ठुला माछा यिनैले दाम कमाय यिनैले नाम कमाय ।
देशको पहिलो पाटीको नेता जो जिम्मेवार छ जस्ले सरकारको मन्त्री जस्तो गरिमामय पदमा बसेर ५० करोड,७० करोडको डिल गर्छ । पाटी चलाउन देखी घर चलाऊन सम्म कमिसन माग्छ । खुल्लेयाम हान्दिने हो किन नहान्ने भन्छ । यत्रो गर्दा गर्दै पनि हामी जनता फेरी उसैलाई भोटै भोटको माला लगायर सदन पठाउछौ फेरी सरकार पुग्छ अनी फेरी देश चुस्छ । अनी भनी रहेका हुन्छौ भ्रष्ट्राचारी मुर्दावार, भ्रष्ट्राचारीलाई फाँसी दे । कानुले दिएको जेल सम्म हाल्ने सक्ने सजाय दिन नसेकेका हामीले कानुनले नै नदियको फाँसीको सजाय चाँही कसरी पारीकल्पना गर्न सकेका । हाम्रो यो आक्रोशलाई मान्नै पर्छ । हाम्रो आक्रोश नेत्रित्व बिहिन छ र लुट्नेलाई छुट छ ।
लाउडा देखी वाइडवडी काण्डको कहिल्यै नहुने छानबिनको कुरा सदन र सडकमा आपसमा बागेनिङ गर्न मात्रै उठछ जस्तो लग्ने गरी उठी रहेका हुन्छ कुरा मिल्ने बितिकै फेरी सुनसान हुन्छ देशमा सुशासन आय जस्तै गरी । जुटमिल,सिमेन्ट,उखु,चुरोट कारखाना,रबर उद्योग सबै भष्ट्राचारकै कारण बन्द भए । न कसैलाई यसको चिन्ता छ । न त नयाँ उद्योगीलाई प्रोत्शाहान नै ।
प्रतिक्रिया