वाम गठबन्धनलाई रोक्नु अहिलेको आवश्यकता हो: प्रम देउवा
सारांश
- प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एकदलीय व्यवस्था र साम्यवादको पक्षमा रहेको वाम गठबन्धनलाई रोक्नु अहिलेको आवश्यकता भएको बताएका छन् ।
- बुधबार जनकपुर पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।
- प्रदेश नम्बर २ को सुरक्षा बैठकमा सहभागी भएका देउवाले निर्वाचनमा सुरक्षा व्यवस्था कडा बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एकदलीय व्यवस्था र साम्यवादको पक्षमा रहेको वाम गठबन्धनलाई रोक्नु अहिलेको आवश्यकता भएको बताएका छन् । बुधबार जनकपुर पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।
प्रदेश नम्बर २ को सुरक्षा बैठकमा सहभागी भएका देउवाले निर्वाचनमा सुरक्षा व्यवस्था कडा बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । निर्वाचनमा कुनै पार्टी वा व्यक्ति विशेषलाई नभई स्वतन्त्र र निष्पक्ष रुपमा काम गर्न निर्देशन दिए । बैठकमा पर्सादेखि सप्तरी सम्मका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुको सहभागिता थियोे ।
चुनावमा बहुमत ल्याउन सक्रियतापुर्वक लाग्न निर्देशन दिए । संविधान संशोधन कांग्रेसको चुनावी एजेन्डा रहेको प्रदेश न २ का जनताले सहयोग गर्नुपर्ने उनको भनाइ थियोे । हेलिकप्टरबाट आएका प्रम देउवा जनकपुरको बारहबिघामा आयोजना गरिएको सवा करोड शिवलिङ्ग पार्थी पुजनको उद्घाटन गरि बुधबार नै काठमाडौं फर्कने छ्न्।
प्रतिक्रिया