पाल्पाका दुई पालिका एमालेले जित्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २, २०७९
|
|
२७ पटक हेरिएको
Shares
पाल्पाका दुई पालिका एमालेले जित्यो

सारांश

  • बुटवल।
  • पाल्पा जिल्लाका दुईवटा पालिकामा एमालेले जितेकाे छ ।
  • पूर्वखोला गाउँपालिका र तिनाउ गाउँपालिका एमालेले जितेको हो।

बुटवल। पाल्पा जिल्लाका दुईवटा पालिकामा एमालेले जितेकाे छ । पूर्वखोला गाउँपालिका र तिनाउ गाउँपालिका एमालेले जितेको हो। पूर्वखोला गाउँपालिका अध्यक्षमा नुनबहादुर थापाको प्यानल नै विजयी भएको छ । उनी ६ हजार ०३९ मत ल्याई विजयी भएका हुन्।

उनले निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनको नेतृत्व गरेका नेकपा एसका मिनप्रसाद गिरीलाई ४ हजार ७८२ मतान्तरले पराजित गरेका हुन्। पराजित गिरीले १२ सय ५७ मत ल्याएका छन्।

उपाध्यक्षमा एमालेकी भागिरथि भट्टराई ५ हजार ८९४ मतसहित विजयी भएकी छन्। दोस्रो स्थानमा रहेकी कांग्रेसकी विष्णुकुमारी आचार्यले २२ सय ५० मत ल्याइन्। निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार पूर्वखोलामा ६ वटै वडा र सबै सदस्यमा पनि एमालेले जित हात पारेको छ । वडा नम्बर १ मा गिरिमान आले, २ मा निरबहादुर सारु, ३ मा कृष्णप्रसाद भट्टराई, ४ मा मेहरसिंह थापा, ५ मा विष्णुकुमार पल्ली र ६ मा धनबहादुर घर्ती विजयी भएका हुन्।

पाल्पाकै तिनाउ गाउँपालिकामा एमालेले जित हासिल गरेको छ । एमालेका प्रेम श्रेष्ठ ५ हजार ९० मत ल्याएर अध्यक्ष निर्वाचित भएका छन् । ४ हजार ४४६ मत ल्याएका माओवादीका राजेश श्रेष्ठले निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहँदै पराजित भए । उपाध्यक्षमा कांग्रेसका लालबहादुर थापा विजयी भए । उनले ५ हजार ८२ मत पाए । एमालेकी सावित्रा राना गुरुङ ४ हजार ४६५ मत पाइन्।

पाल्पाका १० पालिकामध्ये अहिलेसम्म दुईवटाटाको मात्रै अन्तिम नतिजा आएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली र अमेरिकी सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर
नेपाली र अमेरिकी सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर
नीति तथा कार्यक्रममा कस्ता संशोधन परे ?
नीति तथा कार्यक्रममा कस्ता संशोधन परे ?
न्यूजिल्याण्डमाथि जितसँगै इंग्ल्याण्ड सेमिफाइलनमा, पाकिस्तानको तनाव बढ्यो
न्यूजिल्याण्डमाथि जितसँगै इंग्ल्याण्ड सेमिफाइलनमा, पाकिस्तानको तनाव बढ्यो
जीप र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु
जीप र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु
खानेपानीका लागि त्रिपक्षीय सम्झौता
खानेपानीका लागि त्रिपक्षीय सम्झौता
बोरिस जोन्सन बेलायतको प्रधानमन्त्री हुने
बोरिस जोन्सन बेलायतको प्रधानमन्त्री हुने
डडेल्धुरामा भाइरल ज्वरोको प्रकोप बढ्दो
डडेल्धुरामा भाइरल ज्वरोको प्रकोप बढ्दो
न्यूजिल्याण्डका लागि नेपालका राजदूत दाहालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
न्यूजिल्याण्डका लागि नेपालका राजदूत दाहालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
फुटेकाे दुई महिनामै राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच एकता हुने संकेत
निर्मला हत्या प्रकरण : प्रहरी यातनाबाट मानसिक समस्या देखिएपछि विशाललाई उपचारको लागि काठमाडौं
निर्मला हत्या प्रकरण : प्रहरी यातनाबाट मानसिक समस्या देखिएपछि विशाललाई उपचारको लागि काठमाडौं

तपाईंले छुटाउनुभयो कि?