ओलीको दवाव थेग्न सकेनन् प्रचण्डले, सभामुखमा सुवास नेम्वाङ लगभग पक्का

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ४, २०७६
|
|
४१ पटक हेरिएको
Shares
ओलीको दवाव थेग्न सकेनन् प्रचण्डले, सभामुखमा सुवास नेम्वाङ लगभग पक्का

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सभामुख कसलाई बनाउने भन्नेबारे लगभग विवाद अन्त्य भएको छ ।
  • अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सभामुखमा सुवासचन्द्र नेम्वाङलाई ल्याउने सहमति भएको छ ।
  • नेकपाभित्र पूर्व माओवादीले दाबी गर्दै आएको सभामुख पद आखिरीमा आएर अध्यक्ष दाहालले पूर्व एमालेलाई नै सुम्पिएको नेकपानिकट उच्च स्रोतले जनाएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सभामुख कसलाई बनाउने भन्नेबारे लगभग विवाद अन्त्य भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सभामुखमा सुवासचन्द्र नेम्वाङलाई ल्याउने सहमति भएको छ ।

नेकपाभित्र पूर्व माओवादीले दाबी गर्दै आएको सभामुख पद आखिरीमा आएर अध्यक्ष दाहालले पूर्व एमालेलाई नै सुम्पिएको नेकपानिकट उच्च स्रोतले जनाएको छ । निवर्तमान सभामुख कृष्णबहादुर मल्ल महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा नै छन् । लामो समयदेखि सभामुख पद रिक्त छ । सभामुख चयन प्रक्रिया यही पुष ११ गतेदेखि सुरु हुँदैछ । संसदको ठूलो दल नेकपाले सभामुखमा दाबी गर्ने स्पष्ट छ ।

संविधानअनुसार नै सभामुख र उपसभामुख फरक दल र फरक लिङको हुनुपर्ने व्यवस्था छ । सभामुखमा नेकपाले दाबी गर्दा उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दाबी गर्ने बुझिएको छ । सभामुखमा दाबी गरेको नेकपाभित्र पूर्व माओवादी केन्द्रबाट अग्नि प्रसाद सापकोटा, देव प्रसाद गुरुङ र पम्फा भुषाले आकांक्षी थिए ।

उनीहरुले सभामुखमा आफ्नो समूहको दाबी पेश गर्न अध्यक्ष दाहाललाई पछिल्लो समय आग्रह गर्दै आएका थिए । तर, दाहालले भने अर्का अध्यक्ष ओलीको दबाब थेग्न नसकेर पूर्व एमाले खेमाबाट सभामुख बनाउन मौन सहमति जनाएको पनि नेकपा उच्च स्रोतले जनाएको छ ।

पछिल्लो समय अध्यक्ष तथा प्रधानमन्त्री ओलीसामू अर्का अध्यक्ष दाहाल निरीह बनेका छन् । यो बीचमा उनले पार्टीको सचिवालय बैठक र स्थायी कमिटीको बैठकमा लगातार अध्यक्षता गरेपनि अहिलेसम्म उनले एकल नेतृत्वमा ठोस र प्रभावकारी निर्देशन तथा निर्णय भने गर्न सकेका छैनन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?