पाल्पामा अज्ञात रोगबाट चारजनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २१, २०७४
|
|
२५ पटक हेरिएको
Shares
पाल्पामा अज्ञात रोगबाट चारजनाको मृत्यु

सारांश

  • पाल्पाः पाल्पाका एक व्यक्तिको स्वाइन फ्लु रोगका कारण शनिबार उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ भने अज्ञात रोगका कारण चार जनाको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा माथागढी गाउँपालिका-३ का ७४ वर्षीय मानबहादुर चिदी रहेका छन्।
  • चिदीको काठमाडौँको कलंकीस्थित बयोदा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

पाल्पाः पाल्पाका एक व्यक्तिको स्वाइन फ्लु रोगका कारण शनिबार उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ भने अज्ञात रोगका कारण चार जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा माथागढी गाउँपालिका-३ का ७४ वर्षीय मानबहादुर चिदी रहेका छन्। चिदीको काठमाडौँको कलंकीस्थित बयोदा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उनको स्वास्थ्य जाँच केन्द्रीय प्रयोगशाला टेकुमा परीक्षण गरिएको थियो।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार अस्पतालले चिदीको मृत्यु ‘एच वान एन वान’ भाइलले भएको जनाएको छ। उनलाई ज्वरो आउने, घाँटी दुख्ने, सुक्खा खोकी, रुघा, खाना नमिठो हुने र पखाला लाग्ने लक्षण देखिएको थियो।

ज्वरो आउने, घाँटी दुख्ने, सुक्खा खोकी, रुघा, खाना नमिठो हुने र पखाला लाग्ने लक्षण देखिएर लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेका अन्य चार जनाको पनि मृत्यु भएको छ। तर उनीको मृत्यु यही कारणले भएको भन्ने यकिन हुन सकेको छैन।

मृत्यु हुनेमा पाल्पा जिल्ला माथागढी गाउँपालिका-३ कसेनीकी २८ वर्षीया चन्द्रा राना, माथागढी गाउँपालिका-४ झडेवाकी ६७ वर्षीया वसन्ती कुँवर, रैनादेवी छहरा गाउँपालिका-१, सिद्देश्वरका ६५ वर्षीय मानबहादुर कुमाल र गुल्मी जिल्लाको मदाने-१ की १६ वर्षीया अनिता विष्ट रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ज्ञवालीले बताए।

रानाको साउन १९ गते कुँवरको साउन २० गते, कुमालको साउन १४ गते, अनिताको साउन ६ गते मृत्यु भएको हो। केन्द्रीय प्रयोगशालाको टोली आज नै पाल्पा आउने तयारीमा रहेको ज्ञवालीले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनप्रतिनिधिलाई जिल्लाको नक्सा रङ्गिन बनाउन पत्रकारको आग्रह
जनप्रतिनिधिलाई जिल्लाको नक्सा रङ्गिन बनाउन पत्रकारको आग्रह
एमाले जनतालाई भगवान मान्छ, जनता न्यायाधीश पनि हुन् : कृष्णगोपाल श्रेष्ठ
एमाले जनतालाई भगवान मान्छ, जनता न्यायाधीश पनि हुन् : कृष्णगोपाल श्रेष्ठ
दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन
दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन
नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु, माधव नेपालको असहमतिपत्र
नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु, माधव नेपालको असहमतिपत्र
कपिलवस्तुका कोरोना संक्रमित ३० मध्ये २९ भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्नेहरु
कपिलवस्तुका कोरोना संक्रमित ३० मध्ये २९ भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्नेहरु
बुधवार ११ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि
बुधवार ११ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि
नारायणगढ–मुग्लिन सडक : थप एक महिना बाटो बन्द
नारायणगढ–मुग्लिन सडक : थप एक महिना बाटो बन्द
आज श्रीपञ्चमी (सरस्वती पूजा) मनाइँदै
आज श्रीपञ्चमी (सरस्वती पूजा) मनाइँदै
नेता झाले : भने निर्मम समीक्षाका साथ अघि बढछौँ
नेता झाले : भने निर्मम समीक्षाका साथ अघि बढछौँ
चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदै हुनुहुन्छ ? प्लाष्टिक नाई भन्नु ल !
चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदै हुनुहुन्छ ? प्लाष्टिक नाई भन्नु ल !

तपाईंले छुटाउनुभयो कि?