नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु, माधव नेपालको असहमतिपत्र

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २२, २०७५
|
|
३४ पटक हेरिएको
Shares
नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु, माधव नेपालको असहमतिपत्र

सारांश

  • काठमाडौं, २२ असोज ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
  • हिजो हुने भनिएको सचिवालय बैठक स्थगित भएको थियो ।

काठमाडौं, २२ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । हिजो हुने भनिएको सचिवालय बैठक स्थगित भएको थियो ।

आज बिहानै ८ बजेदेखि सुरु हुने भनिएको बैठक केही ढिलो सुरु भएको छ । आजको बैठकमा पार्टीको प्रदेश, जिल्ला तथा स्थानीय तहको एकता, जनवर्गीय संगठनको एकता विषयमा छलफल हुने बताइएको छ । बैठकमा सरकार सञ्चालन र निकट भविष्यमा हुने स्थायी समिति बैठकका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, पार्टीका वरिष्ठ नेता माधव नेपालले पार्टीमा असहमतिपत्र पेश गरेका छन् । उक्त असहमतिपत्र पनि आजको बैठकमा छलफलको बिषय रहने बताइएको छ ।

(https://store.spaceylon.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?