पिकनिक खाएर फर्केको बस दुर्घटनामा २ जनाको मृत्यु, ५० घाइते

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १६, २०७५
|
|
१५ पटक हेरिएको
Shares
पिकनिक खाएर फर्केको बस दुर्घटनामा २ जनाको मृत्यु, ५० घाइते

सारांश

  • काठमाडौं ।
  • सुर्खेतमा वनभोज खाएर फर्किंदै गरेको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् ।
  • जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा परी कुइनेपानीकी ४० वर्षीया जानकी दर्लामी र २२ वर्षीया देउमाया बनटाकीको मृत्यु भएको हो।

काठमाडौं । सुर्खेतमा वनभोज खाएर फर्किंदै गरेको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा परी कुइनेपानीकी ४० वर्षीया जानकी दर्लामी र २२ वर्षीया देउमाया बनटाकीको मृत्यु भएको हो।

वीरेन्द्रनगरको कटकुवाबाट शनिवार वनभोज खाएर फर्किने क्रममा भे१ख ८४९ नम्वरको बस दुर्घटना भएको थियो । कुइनेपानीको जनजागृति युवा क्लवको आयोजनामा पिकनिक खान गएका थिए ।

दिनभर रमाइलो गरी पिकनिक खाएर फर्कने क्रममा बस कपासेमा दुर्घटना भएको थियो । दुर्घटना भएको थियो। घाइते मध्ये १२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको सुर्खेतमै उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?