आठ दिनमा पाँच लाख बढीले छाडे काठमाडौं

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २९, २०७९
|
|
३८ पटक हेरिएको
Shares
आठ दिनमा पाँच लाख बढीले छाडे काठमाडौं

सारांश

  • काठमाडौं ।
  • भोलि शुक्रबार हुन गइरहेको स्थानीय तह निर्वाचनमा सहभागी हुन देशका सहरी क्षेत्रमा विभिन्न पेसा व्यवसायमा आबद्ध रहेकाहरू गाउँ फर्किएका छन् ।
  • जनतासँगै सिधै ठोक्किने गाउँको सिंहदरबारको नेतृत्व चयनका लागि हुन गइरहेको स्थानीय तह निर्वाचनलाई महŒवका साथ हेरिएको छ ।

काठमाडौं । भोलि शुक्रबार हुन गइरहेको स्थानीय तह निर्वाचनमा सहभागी हुन देशका सहरी क्षेत्रमा विभिन्न पेसा व्यवसायमा आबद्ध रहेकाहरू गाउँ फर्किएका छन् ।

जनतासँगै सिधै ठोक्किने गाउँको सिंहदरबारको नेतृत्व चयनका लागि हुन गइरहेको स्थानीय तह निर्वाचनलाई महŒवका साथ हेरिएको छ । निर्वाचनमार्फत देशभरका ७ सय ५३ स्थानीय तहमा नयाँ नेतृत्व चयन हुँदै छ ।

स्थानीय तह निर्वाचनमा सहभागी हुन काठमाडौं उपत्यकाबाट मात्रै विगत आठ दिनमा करिब ५ लाख व्यक्ति विभिन्न जिल्ला फर्किएका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी बालनरसिंह राणाका अनुसार २१ वैशाखदेखि २८ वैशाख साँझ ५ बजेसम्म ६६ हजार ६ सय २५ वटा विभिन्न प्रकारका सवारीसाधनबाट ४ लाख ३५ हजार ४ सय १ जना काठमाडौं उपत्यकाबाट विभिन्न जिल्लाका लागि बाहिरिएका छन् । बुधबार मात्रै एकै दिन काठमाडौं उपत्यकाबाट ६७ हजार ५ सय ५४ जना बाहिरिएको डीएसपी राणाले जानकारी दिए ।

स्थानीय तह निर्वाचनमा ६५ राजनीतिक दलले सहभागिता जनाएका छन् भने ठूलो संख्यामा स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धाका लागि मैदानमा उत्रिएका छन् । सबै गरी १ लाख ४५ हजार ११ जना उम्मेदवार निर्वाचनका लागि प्रतिस्पर्धामा छन् ।

मुलुक संघीयतामा प्रवेश गरेपछि दोस्रोपटक हुन गइरहेको स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताले मतदान गर्नेछन् । जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता रहेको निर्वाचन आयोगले बताएको छ । यसअघि मुलुक संघीय संरचनामा आएपछि पहिलोपटक २०७४ मा स्थानीय तह निर्वाचन भएको थियो ।

आयोगले स्थानीय तह निर्वाचनका लागि १० हजार ७ सय ५६ मतदानस्थल निर्धारण गरेका छ । यस्तै, देशभर २१ हजार ९ सय ५५ मतदान केन्द्र कायम छन् ।

स्थानीय तह निर्वाचनबाट ७ सय ५३ पालिकामध्ये २ सय ९३ मा नगर प्रमुख र ४ सय ६० मा गाउँपालिका अध्यक्ष निर्वाचित हुनेछन् । सोही संख्यामा नगर उपप्रमुख र गाउँपालिका उपाध्यक्ष चयन हुनेछन् ।

यस्तै, निर्वाचनबाट ६ हजार ७ सय ४३ वडाध्यक्ष, ६ हजार ७ सय ४३ महिला सदस्य, ६ हजार ७ सय ४३ दलित महिला सदस्य र १३ हजार ४ सय ८६ खुलातर्फ वडा सदस्य निर्वाचित हुनेछन् ।

निर्वाचनका लागि सरकारले १ लाख ९ हजार ८८ कर्मचारी खटाएको छ । यस्तै, निर्वाचनमा ६५ हजार ८ सय ६५ स्वयंसेवक पनि खटिएका छन् भने निर्वाचनमा ५ हजार पर्यवेक्षकले पर्यवेक्षण गर्न अनुमति पाएका छन् ।

आयोगका अनुसार प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४, मधेस प्रदेशमा ३३ लाख ३१ हजार १ सय ७०, बाग्मती प्रदेशमा ३४ लाख १२ हजार ८ सय ६९, गण्डकी प्रदेशमा १७ लाख ८९ हजार ४ सय ११, लुम्बिनी प्रदेशमा ३२ लाख १९ हजार ४ सय ५७, कर्णाली प्रदेशमा १० लाख १ हजार २ सय ८२ र सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १ सय ५० मतदाता छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुशासनको प्रत्याभूतिका लागि सुरक्षा अनिवार्य सर्त : मुख्यमन्त्री कार्की
सुशासनको प्रत्याभूतिका लागि सुरक्षा अनिवार्य सर्त : मुख्यमन्त्री कार्की
विश्वकपका लागि इंग्ल्यान्डको राष्ट्रिय टिम घोषणा, ३ मुख्य परिवर्तन
विश्वकपका लागि इंग्ल्यान्डको राष्ट्रिय टिम घोषणा, ३ मुख्य परिवर्तन
विद्यालयमा दक्ष शिक्षक राख्न महायज्ञ
विद्यालयमा दक्ष शिक्षक राख्न महायज्ञ
उपकुलपति प्रकरण: अनुमति नलिई जान लागेकाले रोक्यौँ: गृहमन्त्री
उपकुलपति प्रकरण: अनुमति नलिई जान लागेकाले रोक्यौँ: गृहमन्त्री
पोखरामा ताल सम्मेलन शुरु
पोखरामा ताल सम्मेलन शुरु
पाकिस्तानको लाहोर र भारतको दिल्लीमा वायु प्रदूषणको अवस्था गम्भीर श्रेणीमा
पाकिस्तानको लाहोर र भारतको दिल्लीमा वायु प्रदूषणको अवस्था गम्भीर श्रेणीमा
यसरी उल्टियो मन्त्रिपरिषद् निर्णय : सार्वजनिक पदधारण गरेको व्यक्तिले सम्पत्ति गोप्य राख्न नपाउने
यसरी उल्टियो मन्त्रिपरिषद् निर्णय : सार्वजनिक पदधारण गरेको व्यक्तिले सम्पत्ति गोप्य राख्न नपाउने
राष्ट्रपतिको विरोधमा केही पत्रकार लागेको महेश बस्नेतको आरोप
राष्ट्रपतिको विरोधमा केही पत्रकार लागेको महेश बस्नेतको आरोप
६ हजार चिकित्सकहरूले फिर्ता गरे लाइसेन्स !
६ हजार चिकित्सकहरूले फिर्ता गरे लाइसेन्स !
नेकपा एमालेका अध्यक्ष  केपि अोलि मधेस झर्दै ,
नेकपा एमालेका अध्यक्ष केपि अोलि मधेस झर्दै ,