पिपुल्स पावरको आइपीओमा साढे चार गुणा बढी आवेदन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २, २०७९
|
|
५७ पटक हेरिएको
Shares
पिपुल्स पावरको आइपीओमा साढे चार गुणा बढी आवेदन

सारांश

  • काठमाडौ ।
  • पिपुल्स पावर कम्पनीको आइपीओमा एक अर्ब चार करोड ३८ लाख ८९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
  • सीडीएसका अनुसार २ भदौ बिहान १०ः ०५ बजेसम्ममा नौ लाख ३ हजार ६६६ जनाले एक करोड चार लाख ३८ हजार ८९० कित्ताका लागि आवेदन दिएका छन् ।

काठमाडौ ।
पिपुल्स पावर कम्पनीको आइपीओमा एक अर्ब चार करोड ३८ लाख ८९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार २ भदौ बिहान १०ः ०५ बजेसम्ममा नौ लाख ३ हजार ६६६ जनाले एक करोड चार लाख ३८ हजार ८९० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ४.५४ गुणा बढी आवेदन हो ।

पिपुल्स पावरले ३१ साउनबाट सर्वसाधारणका लागि २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ जारी गरेको हो । योमध्ये ५ प्रतिशत अर्थात् एक लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा ५ भदौसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कतार विश्वकप : मेसीको गोलमा अर्जेन्टिना क्वाटरफाइनलमा
कतार विश्वकप : मेसीको गोलमा अर्जेन्टिना क्वाटरफाइनलमा
सभामुखले नेपाली क्रिकेट टिमलाई भने, “तपाईंहरुको दक्षताले हामी जित्छौं, देश जित्छ”
सभामुखले नेपाली क्रिकेट टिमलाई भने, “तपाईंहरुको दक्षताले हामी जित्छौं, देश जित्छ”
चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा
चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा
लागुऔषधका कारण आपराधिक घटना बढ्दै…
लागुऔषधका कारण आपराधिक घटना बढ्दै…
काँग्रेस प्रतिनिधिमाथि खुकुरी प्रहार, एमाले नेतृ झाँक्री प्रहरी नियन्त्रणमा
काँग्रेस प्रतिनिधिमाथि खुकुरी प्रहार, एमाले नेतृ झाँक्री प्रहरी नियन्त्रणमा
हनी ट्र्याप प्रकरण : कार्यालयमै थुनेर इन्सपेक्टरले ३० लाख रुपैयाँ मागेको खुलासा
हनी ट्र्याप प्रकरण : कार्यालयमै थुनेर इन्सपेक्टरले ३० लाख रुपैयाँ मागेको खुलासा
यात्रु नभएको भन्दै जजिराले रोक्यो दैनिक उडान
यात्रु नभएको भन्दै जजिराले रोक्यो दैनिक उडान
पहिलो दिनको एसइई शान्तिपूर्ण
पहिलो दिनको एसइई शान्तिपूर्ण
गाउँपालिका, नगरपालिकामा विवाद मिलाउँदा कुटाकुटै समेत हुन्छ
गाउँपालिका, नगरपालिकामा विवाद मिलाउँदा कुटाकुटै समेत हुन्छ
‘विपिन जोशी जीवितै रहेको हुन सक्ने आशा’, त्यसका आधार के हुन्?
‘विपिन जोशी जीवितै रहेको हुन सक्ने आशा’, त्यसका आधार के हुन्?