सभामुखले नेपाली क्रिकेट टिमलाई भने, “तपाईंहरुको दक्षताले हामी जित्छौं, देश जित्छ”

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ४, २०७५
|
|
२० पटक हेरिएको
Shares
सभामुखले नेपाली क्रिकेट टिमलाई भने, “तपाईंहरुको दक्षताले हामी जित्छौं, देश जित्छ”

सारांश

  • काठमाडौं, ४ भदौ ।
  • संघीय संसदका सभामुख कृष्णबहादुर महराले एशियन क्वालिफायर गेमका लागि श्रीलङ्का हुँदै मेसिया जान थालेको नेपाली क्रिकेट टिमलाई बिदाई गरेका छन् ।
  • श्रीलङ्का प्रस्थान गर्नुअघि सभामुख महराले खेलाडीहरुलाई विदाई गर्दै भने, “तपाईंहरुको लगनशीलता र दक्षताले हाम्रो देश जित्छ, हामी जित्छौं ।

काठमाडौं, ४ भदौ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले एशियन क्वालिफायर गेमका लागि श्रीलङ्का हुँदै मेसिया जान थालेको नेपाली क्रिकेट टिमलाई बिदाई गरेका छन् । श्रीलङ्का प्रस्थान गर्नुअघि सभामुख महराले खेलाडीहरुलाई विदाई गर्दै भने, “तपाईंहरुको लगनशीलता र दक्षताले हाम्रो देश जित्छ, हामी जित्छौं ।”

सभामुख निवासमै आयोजना गरिएको विदाई कार्यक्रममा सभामुख महराले भने, “हालै एकदिवसीय क्रिकेट खेलेर फर्किएको टोलीलाई भेट्न पाउँदा उत्साहित भएको छु । आगामी दिनमा पनि नेपाली क्रिकेटले नेपाली जनतालाई थप खुशी दिलाउने कुरामा म विश्वस्त छु ।” राज्यले खेलकूदका क्षेत्रमा अझै लगानी गर्नुपर्नेमा जोड दिँदै सबैको सहकार्यले मात्रै खेल क्षेत्रको विकास हुने सभामुख महराको भनाई थियो ।

एशियाकप छनौटको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम बैदेशिक्षक प्रशिक्षणमा गएको हो । अगष्ट २९ तारिखदेखि मलेसियामा आयोजना हुने एशिया कप छनौटको तयारीमा रहेको नेपाली टिम अभ्यास खेल खेल्न श्रीलंका प्रस्थान गरेको हो ।

नेपाली टिमका कप्तान पारस खड्काले राजनीतिक नेतृत्वले खेल क्षेत्रलाई क्रमश बुझ्दै गएकोमा खुशी ब्यक्त गरे । उनले एशियाकप छनौटमा पनि टिमले राम्रो प्रदर्शन गर्ने बताए । कप्तान खड्काले प्रतियोगिता आफू र नेपाली टिमका लागि निकै महत्वपूर्ण रहेको र अहिलेको क्रिकेटको माहोल बनाई राख्न जरुरी रहेको बताए । श्रीलंकामा सक्दो राम्रो अभ्यास गरेर कमजोरीलाई औल्याउँदै टिम जितका लागि मलेसिया जाने उनको भनाई थियो ।

एशियाली क्षेत्रमा अरु ठाउँको तुलनामा फरक बाताबरण हुने र लामो समयपछि एशियाली देशहरुसँग खेल्न लागेकाले सबै टिम निकै बलिया भएको र आफूहरुले त्यही अनुसारको रणनीति बनाउने उल्लेख गरे । श्रीलंका गएको १४ सदस्यीय टोली मध्य सन्दिप लामिछाने अहिले सीपीएल खेल्दैछन् । उनी उतैबाट मलेसिया पुग्ने बताइएको छ ।

श्रीलंकामा एक साता बस्ने नेपाली टोलीले त्यहाँ तीन वटा अभ्यास खेल खेल्ने छ । नेपालले बुधबार श्रीलंकाको आर्मी क्रिकेट टिम, शुक्रबार ब्लुमफिल्ड र आगामी आइतबार कोल्ट क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?