एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ९, २०७५
|
|
३५ पटक हेरिएको
Shares
एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

सारांश

  • काठमाडौं ९ असार- गत चैतमा राष्ट्रिय परीक्षा बोर्डले लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज शनिबार सार्वजनिक गर्ने भएको छ ।
  • नतिजा प्रकाशनका लागि आज दिउँसो ३ बजे बोर्ड बैठक बोलाइएको छ ।
  • त्यस लगत्तै दिउसो ४ बजे पत्रकार सम्मेलन बोलाइएको छ।

काठमाडौं ९ असार- गत चैतमा राष्ट्रिय परीक्षा बोर्डले लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज शनिबार सार्वजनिक गर्ने भएको छ ।

नतिजा प्रकाशनका लागि आज दिउँसो ३ बजे बोर्ड बैठक बोलाइएको छ । त्यस लगत्तै दिउसो ४ बजे पत्रकार सम्मेलन बोलाइएको छ।

परीक्षा नियन्त्रक कार्यालयका अनुसार एसइईको नतिजाको सम्पूर्ण तयारी सकिएकाले शनिबार ४ बजेसम्म नतिजा सार्वजनिक गर्ने बताएको छ ।

गतवर्षको एसईई परीक्षामा ७७ वटै जिल्लाबाट ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए। त्यसमध्ये नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी सहभागी थिए।

परीक्षाको नतिजा हेर्न १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?