गगन थापाले गरे चुनाव खर्चको विवरण सार्वजनिक,देखियो हिसाबकिताब गोलमाल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ११, २०८०
|
|
३८ पटक हेरिएको
Shares
गगन थापाले गरे चुनाव खर्चको विवरण सार्वजनिक,देखियो हिसाबकिताब गोलमाल

सारांश

  • काठमाडौं ।
  • कांग्रेस महामन्त्री तथा प्रतिनिधिसभा सांसाद गगन थापाले आज बिहीबार गएको मंसिरमा भएको आम चुनावको खर्च विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
  • थापाले निर्वाचन आयोगमा आफूले चुनावमा गरेको खर्चको विवरण पेस गरेको प्रमाण सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका हुन् ।

काठमाडौं । कांग्रेस महामन्त्री तथा प्रतिनिधिसभा सांसाद गगन थापाले आज बिहीबार गएको मंसिरमा भएको आम चुनावको खर्च विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

थापाले निर्वाचन आयोगमा आफूले चुनावमा गरेको खर्चको विवरण पेस गरेको प्रमाण सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका हुन् ।

आयोगमा गत मंसिर २५ गते नै उनले चुनावी खर्च विवरण बुझाईसकेका थिए तर सार्वजनिक नगरेकाले आयोगले उनीबाट जरिवाना असुल गरेको थियो । उनले आयोगलाई बिहीबार १५ हजार जरिवाना तिरेपछि खर्च विवरण सामाजिक सञ्जालबाट आज सार्वजनिक गरेका हुन् ।

उनले सार्वजनिक गरेको खर्चको विवरण अंक र अक्षरमा भने भिन्नता देखिएको छ । उनले विभिन्न १० शिर्षकमा खर्च गरेका छन् । अंकमा उनले २३ लाख ४२ हजार ७ सय ६८ रुपैयाँ १० पैसा खर्च गरेको उल्लेख गरेका छन् । तर, अक्षरमा भने उनले तेइस लाख अड्चालिस हजार सात सय रुपैयाँ दश पैसा खर्च उल्लेख गरेका छन् । यसरी उनले अंक र अक्षरमा उल्लेख गरेको रकमको बीचमा ६ हजारभन्दा धेरै रकमको भिन्नता छ ।

आयोगले उनको निर्वाचन क्षेत्र काठमाडौं ४ मा उम्मेदवारले २७ लाख रुपैयाँसम्म खर्च गर्न पाउने अधिकतम सीमा तोकेको थियो । थापाले सबैभन्दा धेरै छापाखाना खर्च शिर्षकमा १० लाख ७ हजार ७ सय १० पैसा खर्च भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय जुडो च्याम्पियनलाई बधाई
भारतीय जुडो च्याम्पियनलाई बधाई
कांग्रेसको जागरण अभियान सकिदाँ किन नेताहरु दबाबमा ?
कांग्रेसको जागरण अभियान सकिदाँ किन नेताहरु दबाबमा ?
देव कर्नरको २० औँ खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, १ सय २६ जनाले गरे रक्तदान
देव कर्नरको २० औँ खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, १ सय २६ जनाले गरे रक्तदान
प्रधानमन्त्री ओली बालकोट पुगेर भने :अब अढाई वर्षपछि स्थायी रुपमा बस्नेगरि आउँछु
प्रधानमन्त्री ओली बालकोट पुगेर भने :अब अढाई वर्षपछि स्थायी रुपमा बस्नेगरि आउँछु
चोर पति छुटाउन जाँदा पत्नी नै पक्राउ, चोरेर काठमाडौंमा घर-गाडी
चोर पति छुटाउन जाँदा पत्नी नै पक्राउ, चोरेर काठमाडौंमा घर-गाडी
पूर्वराजा ज्ञानेन्द्र तीन दिनदेखि धुलिखेलमा के गर्दैछन् ?
पूर्वराजा ज्ञानेन्द्र तीन दिनदेखि धुलिखेलमा के गर्दैछन् ?
पेट्रोल अन्वेषण  सर्वेको काम ८० प्रतिशत सम्पन्न
पेट्रोल अन्वेषण  सर्वेको काम ८० प्रतिशत सम्पन्न
रुपाकोट मझुवागढी नगरपालिका– ३ मा राप्रपा विजयी
रुपाकोट मझुवागढी नगरपालिका– ३ मा राप्रपा विजयी
बालकृष्ण ढुंगेललाई माफी दिने सरकारको निर्णय आज सर्वोच्चमा पेश हुने
बालकृष्ण ढुंगेललाई माफी दिने सरकारको निर्णय आज सर्वोच्चमा पेश हुने
हाइड्रोपावर प्रभावित क्षेत्रको स्थलगत अनुगमन
हाइड्रोपावर प्रभावित क्षेत्रको स्थलगत अनुगमन