च्याम्प चितवनको उपाधि सेलिसा र अभियानले हात पारे
सारांश
- राजेन्द्र आचार्य, चितवन ११ बैशाख – च्याम्प चितवन २०७५ को उपाधि सेलिसा आचार्य र अभियान पौडेलले हात पारेका छन् ।
- गैडाकोटको नारायणी नदी किनारको होटल नारायणी रिर्सोटमा भएको फाईनलमा उत्कृष्ट प्रस्तुती दिदै बालिका तर्फ सेलिसा आचार्य र बालकतर्फ अभियान पौडेलले उपाधि हात पारेका हुन् ।
- उपाधिसगैँ नगद १५-१५ हजार रुपैयाँ, साईकल, ट्रफी र प्रमाणपत्र संयुक्त रुपमा प्रतियोगितामा फस्ट मिस युनिभर्स नेपाल २०१७ की नग्मा श्रेष्ठ, बरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठ, सिनियर फोटोग्राफर राजभाइ सुवाल, चलचित्र निर्माता दिपक खाँडसहित प्रतियोगिताकी सञ्चालक लक्ष्मी पन्तले प्रदान गरेका थिए ।
राजेन्द्र आचार्य, चितवन ११ बैशाख – च्याम्प चितवन २०७५ को उपाधि सेलिसा आचार्य र अभियान पौडेलले हात पारेका छन् । गैडाकोटको नारायणी नदी किनारको होटल नारायणी रिर्सोटमा भएको फाईनलमा उत्कृष्ट प्रस्तुती दिदै बालिका तर्फ सेलिसा आचार्य र बालकतर्फ अभियान पौडेलले उपाधि हात पारेका हुन् ।
उपाधिसगैँ नगद १५-१५ हजार रुपैयाँ, साईकल, ट्रफी र प्रमाणपत्र संयुक्त रुपमा प्रतियोगितामा फस्ट मिस युनिभर्स नेपाल २०१७ की नग्मा श्रेष्ठ, बरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठ, सिनियर फोटोग्राफर राजभाइ सुवाल, चलचित्र निर्माता दिपक खाँडसहित प्रतियोगिताकी सञ्चालक लक्ष्मी पन्तले प्रदान गरेका थिए ।
प्रतियोगितामा बालिकातर्फ फस्ट रनर अपमा आयुषा काफ्ले र सेकेण्ड रनर अप अर्यानका केसी घोषित भएका थिए । बालकतर्फ फस्ट रनर अप आर्यन पोख्रेल र सेकेन्ड रनर अप संयोग शर्मा घोषित भएका थिए ।
त्यसैगरी मिस्टर एण्ड मिस टिन चितवन २०७५ को उपाधी अनु श्रेष्ठ र आयुष पाण्डेले हात पारेका छन् । प्रतियोगितामा ४८ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस टिनमा अनु र आयुषले उपाधि हात पारे । कार्यक्रममा उपाधि विजेतालाई नगद १५र१५ हजार रुपैयाँ, साईकल, ट्रफ्री र प्रमाणपत्र दिइएको थियो ।
प्रतियोगितामा मिस टिन तर्फको फस्ट रनर अअप एपिसा अधिकारी र सेकेण्ड रनर अप साहिसा सापकोटा घोषित भएका छन् । मिस्टरतर्फ फस्ट रनर अप दिवस अधिकारी र सेकेण्ड रनर अप सुसन जोशी घोषित भएका थिए ।
च्याम्प तर्फ अन्य विधामा मस्ट ट्यालेन्ट आयुसा काफ्ले र अनुकरणीय श्रेष्ठ, बेस्ट परफर्मेन्स सेलेस्ता आचार्य र बिद्यतमा भट्टरार्इ, बेस्ट वाक युविसा रौनियार र साहिरा चुके, कन्जिनालिटी साम्रागी श्रेष्ठ र सुलभ खत्री, मस्ट डिस्सिप्लिन आर्यनका केसी र कुसुम खड्का, मस्ट पंचुअल आरजु अर्याल र रोस्नी गिरी, बेस्ट स्माइल प्रथमा लोहनी र अभिप्सा अधिकारी, मस्ट कन्फिडेन्ट सुभ्ना काप्री र आयुष पाण्डे, चार्मिङ् पर्सनालिटी गौरङ श्रेष्ठ र सुसन जोश, फोटोजनिक आरती अर्याल, अभियान पौडेल, अंकुर पन्त, सेजल कंडेल, मस्ट क्रियटिभ रोसी पौडेल, आदित्य कर्ण, मस्ट इनोसेन्ट बिभीका घिमिरे भए ।
प्रतिक्रिया