पुनः मतदानमा कांग्रेस सहभागी नहुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १४, २०७४
|
|
४५ पटक हेरिएको
Shares
पुनः मतदानमा कांग्रेस सहभागी नहुने

सारांश

  • रुकुम ,१४ मंसिर गत आइतबार मतदान स्थगित भएकाे रुकुम (पश्चिम) का २ मतदान स्थल मध्य कांग्रेसले आठविसकोट नगरपालिका ११ को नेपाल राष्ट्रिय मतदान स्थलको (ख) मतदान केन्द्रमा हुने पुनः मतदानमा सहभागी नहुने भएको छ ।
  • आफ्ना कार्यकर्तालाई पक्राउ गरिएको भन्दै कार्यकर्तालाई नछोडिएसम्म   शुक्रबार का लागि तोकिएको पुनः मतदानमा सहभागी नहुने बताएको हो ।
  • आइतबार मतदानका क्रममा कांग्रेसका तर्फबाट मतदान केन्द्रमा प्रतिनिधिको रुपमा बसेका केशववहादुर खड्काले मतपत्रमा एसिड राखेर मतपेटिकामा खसालेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

रुकुम ,१४ मंसिर गत आइतबार मतदान स्थगित भएकाे रुकुम (पश्चिम) का २ मतदान स्थल मध्य कांग्रेसले आठविसकोट नगरपालिका ११ को नेपाल राष्ट्रिय मतदान स्थलको (ख) मतदान केन्द्रमा हुने पुनः मतदानमा सहभागी नहुने भएको छ ।

आफ्ना कार्यकर्तालाई पक्राउ गरिएको भन्दै कार्यकर्तालाई नछोडिएसम्म   शुक्रबार का लागि तोकिएको पुनः मतदानमा सहभागी नहुने बताएको हो । आइतबार मतदानका क्रममा कांग्रेसका तर्फबाट मतदान केन्द्रमा प्रतिनिधिको रुपमा बसेका केशववहादुर खड्काले मतपत्रमा एसिड राखेर मतपेटिकामा खसालेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । खड्कालाई बिना कारण फसाईएको भन्दै कांग्रेस आठविसकोटले उनको रिहाइको माग गर्दै रिहाइ नगरिए शुक्रबार हुने मतदानमा सहभागी नहुने निर्णय गरेको हो ।

मतदानका विषयमा छलफल गर्न विहिबार बोलाईएको सर्वदलीय बैठकमा कांग्रेस सहभागी भएन । कांग्रेस सहभागी नभएपछि अन्य दलको सहभागतामा बैठक बसेको मतदान अधिकृत कर्णवहादुर कँवरले जानकारी दिए ।

मतपेटिकामा एसिड खसालिएपछि रुकुम (पश्चिम)का २ ओटा मतदान केन्द्रमा आइतबार मतदान स्थगित भएको थियो । समानुपातिक तर्फको मतदान स्थगित भएको आठविसकोट ११ को नेपाल राष्ट्रिय मावि मतदान स्थलको(ख) मतदान केन्द्र र प्रतिनिधि सदस्य सदस्यका लागि मतदान स्थगित भएको बाँफिकोट गाउँपालिकाको रत्न आधारभुत विद्यालय मतदान स्थलको (क) मतदान केन्द्रमा शुक्रबार मतदान हुँदैछ ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Krishna Thakuri

    जुन चाेर उसकै ठुलाे स्वर

    Comment Author

    Jaya Ram Dahal

    देश भरिनै सहभागी नभय पनि हुन्छ

    Comment Author

    Bharat Lama

    Sahi

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?