“नाइँ मलाई थाहा छैन”को अपार सफलतापछि सञ्जीव अब “अलि अलि गर्दै” (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १७, २०७५
|
|
२९ पटक हेरिएको
Shares
“नाइँ मलाई थाहा छैन”को अपार सफलतापछि सञ्जीव अब “अलि अलि गर्दै” (भिडियोसहित)

सारांश

  • काठमाडौं, १७ असार ।
  • “नाइँ मलाई थाहा छैन” बोलको म्युजिक भिडियोको अपार सफलतापछि गायक सञ्जीव पराजुली र गायिका टीका प्रसाईंको गीत “अलि अलि गर्दै” सार्वजनिक भएको छ ।
  • यस गीतमा गायिका टीका प्रसाईंकै शब्द/संगीत रहेको छ भने संगीत संयोजन रिकेश गुरुङको छ ।

काठमाडौं, १७ असार । “नाइँ मलाई थाहा छैन” बोलको म्युजिक भिडियोको अपार सफलतापछि गायक सञ्जीव पराजुली र गायिका टीका प्रसाईंको गीत “अलि अलि गर्दै” सार्वजनिक भएको छ । यस गीतमा गायिका टीका प्रसाईंकै शब्द/संगीत रहेको छ भने संगीत संयोजन रिकेश गुरुङको छ ।

सुमधुर गायनमा अब्बल यो साँगीतिक जोडी दर्शक स्रोतामाझ दिनदिनै लोकप्रिय हुँदै गइरहेका छ । गायक सञ्जीव पराजुली र गायिका टीका प्रसाईंको “सँगसँगै…” एल्बममा समावेश गरिएको यो गीत तेस्रो हो । यसै एल्बमका गीतहरु “तिमी मलाई मन पर्छ”, “एउटा कुरा भनुँ” र “नाइँ मलाई थाहा छैन” पहिले नै सार्वजनिक भइसकेका छन् ।

“नाइँ मलाई थाहा छैन” बोलको गीतको म्युजिक भिडियोले २ करोड ५० लाख २५ हजारभन्दा बढीले हेरिसकेका छन् । गायिका प्रसाइँको “माया लुकी लुकी” केही हप्ताअघि सार्वजनिक भई हाल चर्चाको शिखरमा छ । गायक तथा गायिकाको केही महिनाअघि सार्वजनिक भएको गीत “पहिलो भेटैमा”ले पनि राम्रै चर्चा बटुल्न सफल भएको छ ।

प्रस्तुत “अलि अलि गर्दै”को म्युजिक भिडियोमा राजु कान र अलिशा कटवालको रोमान्स हेर्न सकिन्छ । भिडियोलाई राजु कानले निर्देशन गरेका हुन् । यसको दृश्य सम्पादन र कलरिंग प्रवीण श्रेष्ठले गरेका हुन । ब्ल्याक आई क्रिएशनको प्रोडक्सनमा तयार गरिएको यस भिडियोका छायाँकार कृष्ण सुवेदी, सुदीप बिष्ट र नेत्र गुरुङ हुन् । गीतमा अष्ट्रेलियाको ब्रिसबेन र नेपालको पोखराका मनमोहक दृश्यहरु देख्न सकिन्छ ।

भिडियो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?