पुनर्वास सीमा विवाद सुल्झाउन कुटनीतिक पहलका लागि प्रधानमन्त्रीलाई अनुरोध

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २०, २०७५
|
|
३२ पटक हेरिएको
Shares
पुनर्वास सीमा विवाद सुल्झाउन कुटनीतिक पहलका लागि प्रधानमन्त्रीलाई अनुरोध

सारांश

  • काठमाडौ, २० बैशाख ।
  • कञ्चनपुरको पुनर्वास नगरपालिका– ९ बीचफाँटा सीमा क्षेत्रमा देखिएको सीमा विवाद समाधानका लागि कुटनीतिक पहल गर्न माग गर्दै ७ नम्बर प्रदेशको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।
  • नेकपा माओवादी केन्द्रका ७ नम्बर प्रदेशका इन्चार्ज तथा पूर्वमन्त्री लेखराज भट्ट नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

काठमाडौ, २० बैशाख । कञ्चनपुरको पुनर्वास नगरपालिका– ९ बीचफाँटा सीमा क्षेत्रमा देखिएको सीमा विवाद समाधानका लागि कुटनीतिक पहल गर्न माग गर्दै ७ नम्बर प्रदेशको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

नेकपा माओवादी केन्द्रका ७ नम्बर प्रदेशका इन्चार्ज तथा पूर्वमन्त्री लेखराज भट्ट नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । पुनर्वासको बीचफाँटामा हात्ती आतंक नियन्त्रणका लागि सोलार तारबार लगाउँदा भारतीय सुरक्षाकर्मीले अवरोध गरेपछि विवाद उत्पन्न भएको छ ।

ज्ञापनपत्रमा भट्टसहित खानेपानी मन्त्री तथा पुनर्वासबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बिना मगर, ७ नम्बर प्रदेशका आर्थिक मामिला मन्त्री झपट बोहरा, प्रतिनिधिसभा सदस्यहरु डा. दीपकप्रकाश भट्ट, नरबहादुर धामी, निरुदेवी पाल, निरा जैरु, राष्ट्रियसभा सदस्य महेशकुमार महरा, हरिराम चौधरी, पूर्वसभासद देवीलाल चौधरी र नरेन्द्र कुवँर र स्थानीय वडाध्यक्ष नारायणप्रसाद जैशीले हस्ताक्षर गरेका छन् ।

भारतको दुधुवा नेशनल पार्कबाट आउने हात्तीको आतंक नियन्त्रणका लागि सोलार तारबार गरिएपछि भारतीय पक्षले भत्काएको छ । हात्ती आतंक नियन्त्रणका लागि गत वर्ष नेतृ बिना मगरको पहलमा सोलार तारबार गरिएको थियो । हाल स्थानीय तहको बजेटबाट वडाध्यक्ष नारायण जैशीको नेतृत्वमा तारबारको काम भइरहेको छ ।
नेपाली भूमिमा तारबार गरिरहँदा समेत भारतीय पक्षले अवरोध गरेकाले समस्या समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको टोलीका सदस्य ओमविक्रम भाट सरलले बताए । ज्ञापनपत्रमा भत्काइएको तारबार गर्ने व्यवस्था मिलाउन, सीमा सर्भे टोलीको म्याद थप्न, ७ नम्बर प्रदेशका विवादित सीमा क्षेत्रमा सीमा निर्धारण गर्न र भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका बेला सीमा समस्याबारे एजेन्डा तय गर्न माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले सीमाको विषय समाधानका लागि गम्भीरताका साथ पहल गर्ने बताए । ज्ञापनपत्र परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयलाई बोधार्थ पठाइएको छ ।

भारतीय पार्कबाट आएका हात्तीको आक्रमणबाट २०७३ माघ महिनामा बीचफाँटाका मनबहादुर सुनारको मृत्यु भएको थियो । पुनर्वासमा उत्पन्न सीमा विवादका क्रममा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट गत वर्ष गोविन्द गौतम सहिद भएका थिए ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

    Comment Author

    Buddhipd Rai

    अशिक्षित प्रधानमन्त्री र अशिक्षित परराष्ट्रमन्त्री भएसी”कूटनीतिक प्रक्रियाबाट सीमा विवाद हल गर”भनी आम नेपाली जनताले ज्ञापन पत्र दिनु परेको छ!!!शिक्षित प्रधानमन्त्री र शिक्षित परराष्ट्रमन्त्री हुंदो हो त सार्वभौम सत्ता सम्पन्न स्वतन्त्र राष्ट्र नेपालको सीमाना भारतले थिचोमिचो गर्दा नेपाली जनताले कूटनीतिक प्रक्रियाबाट भारतीय हस्तक्षेपलाई निर्मूल पार भनी आम जनताले लम्पसारवादी प्रम केपि ओलीजीलाई ज्ञापन पत्र दिनु पर्ने अवस्था नै आउँदैनथ्यो भन्ने हाम्रो फैशला रहेको छ।

    Comment Author

    KS Gyalvo

    लम्पसार बादी हे हे हे
    हल्क रमाइलो

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षा लागेसँगै तराई डुबानमा, पहाडमा पहिरोको जोखिम
वर्षा लागेसँगै तराई डुबानमा, पहाडमा पहिरोको जोखिम
एशियाली खेलमा ताराले राखिन् तीन राष्ट्रिय कीर्तिमान
एशियाली खेलमा ताराले राखिन् तीन राष्ट्रिय कीर्तिमान
उदयपुर प्रहरीको सफल अप्रेशन,  ठुलो मात्रामा लागूऔषध बरामद
उदयपुर प्रहरीको सफल अप्रेशन, ठुलो मात्रामा लागूऔषध बरामद
गृहमन्त्री थापाले भने, ‘बोक्सीको आरोपमा कुट्नेलाई कडा कार्वाही गर्छु’- संसदमा पनि कुरा उठ्यो
गृहमन्त्री थापाले भने, ‘बोक्सीको आरोपमा कुट्नेलाई कडा कार्वाही गर्छु’- संसदमा पनि कुरा उठ्यो
प्रहरी अस्पतालमा छ हजार सर्वसाधारणको उपचार
प्रहरी अस्पतालमा छ हजार सर्वसाधारणको उपचार
हाकिमलाई प्रचण्ड र बिप्लवका कार्यकर्ताद्वारा मोसो
हाकिमलाई प्रचण्ड र बिप्लवका कार्यकर्ताद्वारा मोसो
स्याल र बाघ एकै चोटि कराउदा प्रकाश कटुवाल र भुमिका गिरि को भगाभाग
स्याल र बाघ एकै चोटि कराउदा प्रकाश कटुवाल र भुमिका गिरि को भगाभाग
रविको म्याद थपपछि झनै आक्रोशित बने कार्यकर्ता, तोडे निषेधित क्षेत्र
रविको म्याद थपपछि झनै आक्रोशित बने कार्यकर्ता, तोडे निषेधित क्षेत्र
भारतीय मिडियामा महानायक राजेश हमालको चर्चा, अमिताभ बच्चनसँग तुलना
भारतीय मिडियामा महानायक राजेश हमालको चर्चा, अमिताभ बच्चनसँग तुलना
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

तपाईंले छुटाउनुभयो कि?