ऊर्जा मन्त्रालयसँग जोडियो बास्कोटाको नाम

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ८, २०७४
|
|
१८ पटक हेरिएको
Shares
ऊर्जा मन्त्रालयसँग जोडियो बास्कोटाको नाम

सारांश

  • काभ्रे, पुस ८ ।
  •   प्रतिनिधिसभाको निर्वाचन सकिए लगत्तै चर्चामा आएका एक व्यक्ति हुन् गोकुल बास्कोटा ।
  • लामो समय राजनीति जीवनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेकपा एमालेका नेता बास्कोटालाई पछिल्लो समय एक सफल नेताको रुपमा हेरिन थालेको छ ।

काभ्रे, पुस ८ ।  प्रतिनिधिसभाको निर्वाचन सकिए लगत्तै चर्चामा आएका एक व्यक्ति हुन् गोकुल बास्कोटा । लामो समय राजनीति जीवनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेकपा एमालेका नेता बास्कोटालाई पछिल्लो समय एक सफल नेताको रुपमा हेरिन थालेको छ ।

काभ्रेको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका बास्कोटा कांग्रेसका मधुप्रसाद आचार्यलाई १७ हजार ८४८ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । बास्कोटाले ५४ हजार ४२७ मत पाएका थिए भने आचार्यले ३६ हजार ५७९ मत पाएका थिए ।

काभ्रे जिल्लाको ६ वटै सिट बाम गठबन्धनले जितेपछि एकाएक बास्कोटाको नाम ऊर्जा मन्त्रालयसँग जोडेर हेर्न थालिएको छ । २२ वर्ष लामो राजनीति इतिहाससँगै २०७० सालको संसदीय निर्वाचनमा आफ्ना प्रतिस्पर्धी कांग्रेसका कञ्चन चन्द्र वादेसँग हार व्यहोरेका बास्कोटा कतै पनि विचलित नभई निरन्तर पार्टी र संगठन निर्माणमा लागिरहे ।

फलस्वरुप २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा अत्याधिक मतले निर्वाचित भएका बास्कोटासँग काभ्रेली जनताले ठूलो आशा र भरोषा राखेका छन् । चुनावी अभियानका क्रममा ‘अबको दशक विकासको दशक’ भन्दै हरेक कार्यक्रममा भाषण गरेका बास्कोटाले व्यवहारमा कत्तिको लागू गर्ने हुन् त्यो भने हेर्न बाँकी छ ।

काभ्रे जिल्लासँग सिमाना जोडिएको सिन्धुपाल्चोक हाइड्रोपावरको अथाह सम्भावना बोकेको जिल्ला हो । एमाले अध्यक्ष केपी ओलीसँग निकटतम सम्बन्ध रहेका बास्कोटालाई ओलीले ऊर्जा मन्त्रालयको जिम्मेवारी देलान् त ? यदि बास्कोटाले ऊर्जा मन्त्रालय सम्हाल्ने अवसर पाएमा काभ्रे जिल्लालगायत देशको नै मुहार फेर्न सक्ने स्थानीयहरु बताउँछन् ।

चुनावी दौरानसँगै कांग्रेसलाई अब ‘छाउनीको म्यूजियमा’ सजाउने खेलाउनाको रुपमा मात्रै देखिनेछ भनी भाषण गरिरहँदा काभ्रेली कांग्रेसहरु निकै आक्रोशित थिए । तर, निर्वाचन परिणाम आएलगत्तै निकटतम प्रतिस्पर्धी मधुप्रसाद आचार्यलगायत कांग्रेसी नेताहरुले खादा तथा माला लगाई ‘तपाईं काभ्रेको भविष्य बोकेको नेता हो हामी तपाईं सफल भएको हेर्न चाहन्छौं’ भन्दै अकंमाल गरेका थिए ।

काभ्रे जिल्लाका बास्कोटा ऊर्जामन्त्री बन्ने चर्चा पार्टीभित्र चलिरहेको कुरा काभ्रेका एक युवा नेताले टेलिफोनमार्फत जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?