उपनिर्वाचनको तयारी तीव्र

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १५, २०७६
|
|
२४ पटक हेरिएको
Shares
उपनिर्वाचनको तयारी तीव्र

सारांश

  • आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि राजनीतिक दलहरु आन्तरिक गृहकार्यमा छन् ।
  • निर्वाचन गराउने जिम्मा पाएको निर्वाचन आयोग पनि यतिबेला निकै व्यस्त छ ।
  • सहज रुपमा उपनिर्वाचन सफल बनाउनका लागि आयोग तयारीमा व्यस्त भएको हो ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि राजनीतिक दलहरु आन्तरिक गृहकार्यमा छन् । निर्वाचन गराउने जिम्मा पाएको निर्वाचन आयोग पनि यतिबेला निकै व्यस्त छ । सहज रुपमा उपनिर्वाचन सफल बनाउनका लागि आयोग तयारीमा व्यस्त भएको हो । सुरक्षा व्यवस्थादेखि सवै कुराको बन्दोबस्त गरेकोले निर्धक भएर उपनिर्वाचनमा मतदान गर्न निर्वाचन आयोगले आग्रह समेत गरेको छ ।

मंसिर १४ गते सैतीस जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि उपनिर्वाचन हुँदैछ । जसको लागि आवश्यक पर्ने सम्र्पुण तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । उपनिर्वाचनको लागि आर्थिक कार्य्विधि, प्रतिनिधि सभा सदस्य, तथा प्रदेश सभा सदस्य उपनिर्वाचन निर्दे्शिका, स्थानिय तह उपनिर्वाचन निर्दे्शिका लगायत ५ वटा कार्य्विधि निर्दे्शिका समेत जारी गरीसकेको आयोगका आयुक्त इश्वरीप्रसाद पौडेलले जानकारी दिए ।

उपनिर्वाचनमा १६ राजनितिक दलले निर्वाचनमा भाग लिन दल दर्ता गराएको छ । २०७४ सालको निर्वाचन प्रयोजनका लागि दर्ता भएका दल समेतलाई जोड्दा १०१ राजनीतिक दलले निर्वाचनमा भाग लिन पाउने छन । एक मतदान केन्द्रमा बढीमा ११ सय सम्म मतदाता रहन सक्ने गरी मतदान स्थल तोकिएको छ । निर्वाचन आयोगले निर्वाचन आंचारसंसहिता समेत लागु गरीसकेको छ । निर्वाचन आंचारसंहिता उल्लघन गरे कारवाहीको लागि उपसमिति समेत बनाइ निरिक्षण गरीरहेको आयुक्त पौडेलले बताए ।

आगामी मंसिर १४ को ३७ जिल्लामा हुने विभिन्न ५२ पदको लागि हुने निर्वाचनको लागि ३७ जना निर्वाचन अधिकृत, ११ जना अधिकृत खटाइएको छ । उनीहरुलाई आवश्यक तालिम समेत दिइरहेको छ । निर्वाचनको लागि आवश्यक सामाग्रीहरु समेत व्यवस्थापन गरीसकेको आयोगले जनाएको छ ।

त्यस्तै मदताता शिक्षाका लागि विभिन्न संचारमाध्यमहरुमा विज्ञापन, पोष्टर पम्लेट, नमुना मतपत्र, पर्चा, हातेपुस्तिका जस्ता सामाग्रीहरु समेत छापीसकेको छ । उपनिर्वाचनको लागि सम्मुर्ण खर्च गरी हालसम्म २५ करोड खर्च भएको आयोगले जानकारी दिएको छ । उपनिर्वाचनमा कुल ४ लाख ५४ हजार १ सय १४ मतदाता सहभागी हुने छ । उपनिर्वाचनको लागि सम्पुर्ण व्यवस्था चुस्त दुरुस्त ढंगबाट तयारी गरेकोले निर्धक भएर मतदान गर्न मतदाताहरुलाई आयोगले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक बस नयाँ बसपार्कबाटै सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा सकस
सार्वजनिक बस नयाँ बसपार्कबाटै सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा सकस
कस्तो बनाउने सार्वजनिक सेवा प्रसारण संस्था? यी हुन् विधेयकमा भएका व्यवस्था
कस्तो बनाउने सार्वजनिक सेवा प्रसारण संस्था? यी हुन् विधेयकमा भएका व्यवस्था
एउटै माछा ३४ करोड ७२ लाख रुपैयाँमा बिक्रि
एउटै माछा ३४ करोड ७२ लाख रुपैयाँमा बिक्रि
तुल्सीभञ्ज्याङमा हवाई फायर
तुल्सीभञ्ज्याङमा हवाई फायर
मेरो बाल्यकालसँग जोडिएको जनयुद्व
मेरो बाल्यकालसँग जोडिएको जनयुद्व
आज क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
आज क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
अधुरो छोडिएको पुलको छड छातीमा रोपिएपछि एक सशस्त्र प्रहरीको मृत्यु
अधुरो छोडिएको पुलको छड छातीमा रोपिएपछि एक सशस्त्र प्रहरीको मृत्यु
साप्ताहिक सेयर बजार विश्लेषणः होटेल समूहलाई फाइदा, माइक्रो फाइनान्स समूहलाई घाटा
साप्ताहिक सेयर बजार विश्लेषणः होटेल समूहलाई फाइदा, माइक्रो फाइनान्स समूहलाई घाटा
काभ्रेमा सैनिकले ‘ढोका थुनेर महिलाको हात बाँधेर बलात्कार प्रयास गरेपछि…
ओली सरकार ढाल्ने रणनीति बन्यो, प्रदेशबाट कम्पन आउँदै
ओली सरकार ढाल्ने रणनीति बन्यो, प्रदेशबाट कम्पन आउँदै

तपाईंले छुटाउनुभयो कि?