पुराना फिल्मका निर्देशक सुब्बाकाे निधन 

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २, २०७९
|
|
१७ पटक हेरिएको
Shares
पुराना फिल्मका निर्देशक सुब्बाकाे निधन 

सारांश

  • काठमाडौँ ।
  • नेपाली सिनेमा जगतका एक खम्बा तथा फिल्म ‘परालको आगो’ लगायत करिब दर्जन फिल्मका निर्देशक प्रताप सुब्बा अब हामीबीच रहेनन् ।
  • सुब्बाको आज बिहीबार ७८ वर्षको उमेरमा भारतमा मुत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

काठमाडौँ । नेपाली सिनेमा जगतका एक खम्बा तथा फिल्म ‘परालको आगो’ लगायत करिब दर्जन फिल्मका निर्देशक प्रताप सुब्बा अब हामीबीच रहेनन् । सुब्बाको आज बिहीबार ७८ वर्षको उमेरमा भारतमा मुत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनी लामो समयदेखि बिरामी रहेका थिए ।

बाँच्न चाहनेहरु, मसाल, कहीँ अँध्यारो कहीँ उज्यालो, दिदी, चट्याङ, भीष्म प्रतिज्ञा लगायतका फिल्म निर्देशन गरेका सुब्बाले बिसं २०३५ मा ‘परालको आगो’बाट निर्देशन थालेका थिए । उनी नेपाली मुलमा भारतीय निर्देशक समेत थिए ।

थुप्रै टेलिफिल्म समेत निर्देशन गरेका उनी फिल्म ‘चट्याङ’का पट्कथा लेखक पनि हुन् । उनले डायमण्ड एक्टिङ इन्स्टिच्युट, सिने युनिभर्स खोलेर थुप्रै प्राविधिक समेत जन्माएका छन् । सुब्बाको निधन प्रति कलाकर्मीले सामाजिक संजाल मार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?