विद्यार्थी संगठनले गर्ने भनिएको आमहड्ताल सम्बन्धी प्रशासनकाे ध्यानाकर्षण
सारांश
- काठमाडौं, १८ असार ।
- जिल्ला प्रशासन कार्यालय काठमाडौंले असार २०, २१ र २२ गते ८ विद्यार्थी संगठनले गर्ने भनिएको आमहड्तालको सन्दर्भमा ध्यानाकर्षण भएको जनाएको छ ।
- जिल्ला प्रशासन कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै पठनपाठन बन्द गराउने जो कोहिलाई पनि प्रचलित कानून अनुसार कारबाही गर्ने भन्दै ढुक्क भएर पठनपाठन कार्य सञ्चालन गर्न सम्पूर्ण विद्यालय सञ्चालकलाई अनुरोध गरेको छ ।
काठमाडौं, १८ असार । जिल्ला प्रशासन कार्यालय काठमाडौंले असार २०, २१ र २२ गते ८ विद्यार्थी संगठनले गर्ने भनिएको आमहड्तालको सन्दर्भमा ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै पठनपाठन बन्द गराउने जो कोहिलाई पनि प्रचलित कानून अनुसार कारबाही गर्ने भन्दै ढुक्क भएर पठनपाठन कार्य सञ्चालन गर्न सम्पूर्ण विद्यालय सञ्चालकलाई अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जारी गरेको विज्ञप्तिमा शान्ती सुरक्षासम्बन्धी कुनै जानकारी वा सहयोग आवश्यक परेमा कार्यालयको सम्पर्क नम्बर ०१–४२६२४७८, ९८५१२४८४७८, प्रहरी कन्ट्रोल १०० वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ । 
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया