पूर्वप्रधानमन्त्रीहरूले दिए अोलीलार्इ यस्तो सुझाव !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २५, २०७५
|
|
२० पटक हेरिएको
Shares
पूर्वप्रधानमन्त्रीहरूले दिए अोलीलार्इ यस्तो सुझाव !

सारांश

  • काठमाडौ, २५ वैशाख  ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भारत भ्रमण तथा आगामी वर्षको नीति तथा कार्यक्रमबारे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन्।
  • मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पूर्वप्रधानमन्त्रीहरुले मोदी नेपाल आउँदा राष्ट्रिय हितलाई केन्द्रमा राखेर सहमति र सम्झौता गर्न सुझाव दिएका थिए ।

काठमाडौ, २५ वैशाख  । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भारत भ्रमण तथा आगामी वर्षको नीति तथा कार्यक्रमबारे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पूर्वप्रधानमन्त्रीहरुले मोदी नेपाल आउँदा राष्ट्रिय हितलाई केन्द्रमा राखेर सहमति र सम्झौता गर्न सुझाव दिएका थिए ।

छलफलका क्रममा पूर्वप्रधानमन्त्रीहरुले मोदीको भ्रमणका बेला राष्ट्रिय हितविपरितका कुनै पनि ठुला सम्झौता नगर्न पनि ओलीलाई सचेत गरेका थिए ।

ओलीले पूर्वप्रधानमन्त्रीसँग आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारेमा पनि छलफल गरेका छन् । त्यसक्रममा पूर्वप्रमहरुले नीति तथा कार्यक्रम समृद्ध नेपाललाई केन्द्रमा राखेर ल्याउन पनि सुझाव दिएका छन् ।

अघिल्ला प्रमहरु जस्तै ओलीले पनि नीति तथा कार्यक्रम ल्याउनुअघि पूर्वप्रधानमन्त्रीसँग छलफल गरेका हुन् । पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, डा बाबुराम भट्टराई, माधबकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द, खिलराज रेग्मीलगायत पूर्वप्रधानमन्त्रीहरु उपस्थित थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?