बांग्लादेशमा शक्तिशाली समुद्री आँधी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १६, २०७४
|
|
४९ पटक हेरिएको
Shares
बांग्लादेशमा शक्तिशाली समुद्री आँधी

सारांश

  • बांग्लादेशको दक्षिण-पूर्वी तटीय क्षेत्रमा भारी वर्षा र हावाहुरीसहित मोरा नामक शक्तिशाली समुद्री आँधी प्रवेश गरेको अधिकारीहरुले बताएका छन्।
  • प्रतिघण्टा ११७ किलोमिटरको गतिमा उक्त शक्तिशाली आँधी कक्स बजार र चित्तगोङ्ग शहरको बीचमा पर्ने क्षेत्रमा यसअघि नै प्रवेश गरेको थियो।
  • जल तथा मौसम विभागका अनुसार कम्तीमा १० लाख मानिसलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको छ।

बांग्लादेशको दक्षिण-पूर्वी तटीय क्षेत्रमा भारी वर्षा र हावाहुरीसहित मोरा नामक शक्तिशाली समुद्री आँधी प्रवेश गरेको अधिकारीहरुले बताएका छन्।

प्रतिघण्टा ११७ किलोमिटरको गतिमा उक्त शक्तिशाली आँधी कक्स बजार र चित्तगोङ्ग शहरको बीचमा पर्ने क्षेत्रमा यसअघि नै प्रवेश गरेको थियो।

जल तथा मौसम विभागका अनुसार कम्तीमा १० लाख मानिसलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको छ।

आँधीका कारण भारत र म्यानमारका केही क्षेत्र पनि प्रभावित हुने अनुमान गरिएको छ।

सर्ने

खतरा

सोमबार राति हजारौं मानिसलाई विद्यालय तथा सरकारी भवनमा आश्रय दिइएको छ।

माछा मार्ने डुंगासहित अन्य डुंगालाई पनि तयारी अवस्थामा राख्न भनिएको अधिकारीहरुले बताएका छन्।

यसअघि दक्षिण-पूर्वी बन्दरगाह शहरहरुलाई उच्चतम् खतराको संकेत अर्थात् १० औं तह देखाउन निर्देशन दिइएको थियो।

अझ पश्चिमतिरका बन्दरगाह क्षेत्रमा खतरको तह ८ कायम गरिएको छ।

प्रभावित

श्रीलंकामा बाढी तथा पहिरो निम्त्याउने गरी भएको भारी वर्षापछि समुन्द्री आँधी शुरु भएको हो।

त्यहाँ बाढी तथा पहिरोका कारण कम्तीमा १८० जना मानिसको ज्यान गइसकेको छ।

१४ वर्षयताकै ठूलो बाढीका कारण त्यहाँ ५ लाखभान्दा बढी मानिस प्रभावित भएका छन्।

एक सयभन्दा बढी मानिस अझै हराइरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भतिजाको हत्या गर्ने काका पक्राउ
भतिजाको हत्या गर्ने काका पक्राउ
साउदी अरेबियामा सन् २०१९ मा ‘उल्लेख्य’ सङ्ख्यामा मृत्युदण्ड
साउदी अरेबियामा सन् २०१९ मा ‘उल्लेख्य’ सङ्ख्यामा मृत्युदण्ड
४० मा पर्न पूर्व एमाले नेताको दौडधुप, २ सयमा पर्न खुमलटारमा जमघट!
४० मा पर्न पूर्व एमाले नेताको दौडधुप, २ सयमा पर्न खुमलटारमा जमघट!
नागरिकलाई समृद्धिको अनुभूति दिलाउन सरकार क्रियाशील रहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ
नागरिकलाई समृद्धिको अनुभूति दिलाउन सरकार क्रियाशील रहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ
मोरङ क्षेत्र नम्बर ६ को पछिल्लो मत परिणाम ! लालबाबु पण्डित र शेखर कोइराला को अवस्था ?
As you Meet The Person that you love
हेटौंडा: एकीकृत समाजवादी १ मतान्तरले अगाडि, पछ्याउँदै राप्रपा
हेटौंडा: एकीकृत समाजवादी १ मतान्तरले अगाडि, पछ्याउँदै राप्रपा
जेलमै प्रेमीसँग ‘बेड सेयर’ गर्नपाउने यी भाग्यमानी कैदी !
जेलमै प्रेमीसँग ‘बेड सेयर’ गर्नपाउने यी भाग्यमानी कैदी !
पूर्वराजा सपरिवार भारत भ्रमण जाँदै
पूर्वराजा सपरिवार भारत भ्रमण जाँदै
आज विश्वासको मत लिंदै ओली सरकार, दुईतिहाइ समर्थन-तीन स्वतन्त्र दलले पनि समर्थन गर्ने
आज विश्वासको मत लिंदै ओली सरकार, दुईतिहाइ समर्थन-तीन स्वतन्त्र दलले पनि समर्थन गर्ने