संसदमा एमालेको अवरोध !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २२, २०७४
|
|
८६१ पटक हेरिएको
Shares
संसदमा एमालेको अवरोध !

सारांश

  • काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच प्रधान्यायाधीश सुशीला कार्कीमाथि लागेको महाभियोग प्रस्ताव ब्यवस्थापिका संसदमा टेबुल हुने भएको छ।
  • सभामुख ओन्सरी घर्तिमगरले आजै १ बजेका लागि टेबुल हुने समय तोकेकी छन्।
  • १ बजेसम्मका लागि संसद भने स्थगित गरिएको छ।

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच प्रधान्यायाधीश सुशीला कार्कीमाथि लागेको महाभियोग प्रस्ताव ब्यवस्थापिका संसदमा टेबुल हुने भएको छ। सभामुख ओन्सरी घर्तिमगरले आजै १ बजेका लागि टेबुल हुने समय तोकेकी छन्। १ बजेसम्मका लागि संसद भने स्थगित गरिएको छ।

न्यायालयमाथिको हस्तक्षेप स्वीकार्य नहुने भन्दै एमालेले बिहीबारै संसद अवरुद्ध गर्ने निर्णय गरेको थियो। त्यसो त प्रधानमन्त्री पुष्पकमल दाहालले महाभियोग प्रस्तावबारे अध्यक्ष केपी शर्मा ओलीसँग छलफलसमेत गरेका थिए। तर ओलीले महाभियोग प्रस्ताव फिर्ता लिन प्रधानमन्त्रीलाई सुझाएका थिए।

आजमात्रै सभामुख ओनसरी घर्तिमगरले प्रमुख तीन दलको बैठक डाकेर सहमति प्रयास गरेकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?