लोभलालचमा पर्नेहरुको कुरै नगरौ , एमाले जित्दैछ ,कन्चन अधिकारी………..
सारांश
- काभ्रेका युवा नेता कन्चन अधिकारिसंग अनलाईनमा गरियको कुराकानि पाँचखाल नगरपालिका नेकपा एमालेको गडको रुपमा परिचित थियो हैन् ?
- ?
- हो तपाईहरुको प्रतिस्पर्धी धेरै भारि परेको हो ?
काभ्रेका युवा नेता कन्चन अधिकारिसंग अनलाईनमा गरियको कुराकानि पाँचखाल नगरपालिका नेकपा एमालेको गडको रुपमा परिचित थियो हैन् ??
हो
तपाईहरुको प्रतिस्पर्धी धेरै भारि परेको हो ??
होइन
अनि के त्यस्तो कारणले पाँचखालमा एमाले पराजित भयो ??
हामी जनताको स्वतन्त्र अभिमतमा बिश्वास गरेर बसेउ ,तर सोझा साझा जनताई खसी बोका जसरी खरिद गर्ने ,लोभ लालचमा पार्ने,डर त्रास देखाउने काम भयो। एस्तै प्राविधिक कारणले हामिले सोचेको जित हुन सकेन।अलि बेसि जित्नेमा बिश्वासले नि एस्तो भयो।
जहासम्म गुटबन्धिको कुरा छ , के हो खास कुरो ??
त्यस्तो के हि छैन ,किनकी यहाँका सबै नेता कार्यकत्ता जितकालागी लागिराख्नु भएको थियो।कोहि पनि निष्क्रिय वा असन्तुष्ट भएको महिले देखिन ।
केही ब्यक्ति हरुले असहयोग गर्नुभयो भन्ने कुरा बाहिर अायो तपाईं के भन्नहुन्छ??
त्यो वाहियात हो ।पार्टी बिरोधि कुरा हो ।किनकी चाहे जसरी होस हामी प्राबिधिक कारणले हार्न पुगेका हौ। अब हारलाई स्विकार्दै कमजोरी केलाउदै अगाडि बडनु पर्छ।न कि आरोप प्रत्यारोप लगाउदै हिड्ने ,एस्तो अराजकता देखाउने काम जो जस बाट भएको छ ।त्यस्को समिक्षा हुन्छ र नयाँ गतिमा जनताको माझमा एमाले का नेता कार्यकत्ता फेरि जान्छन ।
केही केहि साथिहरुले चुनाबकै े पार्टि नै छोड्नुभयो नि , के थियो कारण??
त्यो अबसरबाद हो । लोभ लालच मा जानेहरुको के कुरा गरौ ।
अबको चुनाबमा पाँचखालमा एमाले कसरी अघि बठ्छ ??
काग्रेस जित्दा पनि उत्साही छैन। तर हामी आज नि जनताको घर घरमा गै रहेका छौ ।फेरि नि केही छैन महेस जि चुनावमा जे जे बोल्नु भएको छ त्यो गरेर देखाउनु पनि पर्यो।हामिले जे बोलेउ त्यो गर्छौ । जनताई एक रातको लागि हैन जीवन भरिको लागि सोचेर निर्वाचनमा अभिमत दिनका लागि सचेत गराउदै संगठन बनाउदै जान्छौ।
फेरिपनि एमालेले जित्ने अाधारहरु के के हुन् ??
एमालेमा लागेका कार्यकत्ताको ठूलो जमात छ।समाजका राम्रा मान्छेहरु ,युबाहरुको ठूलो पक्ती,संगठन सबै छ ।अझ बिचार ,देसै एमाले बनिरहेको बेला हामी आत्तिने हैन झन सशत्त भएर अगाडि बड्छौ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया