राजन केसी भर्सेस हितमान शाक्यः के भन्छन् उम्मेदवार ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १९, २०७४
|
|
५७ पटक हेरिएको
Shares
राजन केसी भर्सेस हितमान शाक्यः के भन्छन् उम्मेदवार ?

सारांश

  • १९ कात्तिक, काठमाडौं ।
  • काठमाडौं १० का उम्मेदवारद्वय कांग्रेसका राजन केसी र वाम गठबन्धनका हितमान शाक्य दुबैले आफू जित्ने दाबी गरेका छन् ।
  • आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको खेलकुदमन्त्री समेत रहेका केसीले १० नम्बरका जनताले आफूलाई रुचाएको दाबी गरे ।

१९ कात्तिक, काठमाडौं । काठमाडौं १० का उम्मेदवारद्वय कांग्रेसका राजन केसी र वाम गठबन्धनका हितमान शाक्य दुबैले आफू जित्ने दाबी गरेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको खेलकुदमन्त्री समेत रहेका केसीले १० नम्बरका जनताले आफूलाई रुचाएको दाबी गरे । उनले भने, कुन घर कुन दिशा फर्केको छ, दैलो कता फर्किएको, जनताहरुको के समस्या छ भन्ने कुरा मलाई सोध्नुहोस्, म यहीँ बसेर भनिदिन्छु ।’

२०७० को संविधानसभा चुनावमा माओवादी अध्यक्ष प्रचण्डलाई भारी मतान्तरले हराएका केसीले यो पटक अझ धेरै मत पाउने दाबी गरे । उनले भने, २० हजार मतलाई ४० बनाउँछु ।’

यदि बनाउन सकिन भने म आजीवन रिपोर्टर्स क्लब आउँदिन्, ऋषि धमलाजीले यो कुरा लेखेर राखे हुन्छ।’

वाम गठबन्धनका उम्मेदवार माओवादी नेता हितमान शाक्यले पनि आफ्नो जित पक्का रहेको दाबी गरे ।

आफूले जीवनमा कुनै पनि प्रतिष्पर्धा नहारेको भन्दै उनले गर्दै भने ‘जनताले मलाई भोट हाल्छन्, यो कुरामा म पूर्ण विश्वस्त छु ।’

१० नम्बर क्षेत्र वामपन्थीहरुको बर्चश्व रहेको भन्दै उनले भने, ‘०७० मा केसीले जित्नुभयो, त्यतिवेला माओवादी विभाजित भएको थियो, अहिले हामी एकताबद्ध भएका छौं, एमाले र माओवादी एक भएर अघि बढेका छौं ।’

आफू बाग्लुङमा जन्मिएको भएपनिआफ्नो थाकथलो बाग्मति नै भएको जिकिर गरे । उनले थपे, ‘जनता प्रष्ट हुनुपर्छ, म बाग्लुङमा जन्मिएको हुँ । तर, अहिले १० नम्बर क्षेत्रकै बासिन्दा हुँ, बरु केसीजी अन्तै बस्नुहुन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मौन अवधिमा बालबालिका प्रयोग गरी चुनाव प्रचार
मौन अवधिमा बालबालिका प्रयोग गरी चुनाव प्रचार
प्रदीप पौडेलको मुद्दा : सर्वोच्चले बोलायो छलफलमा, होला पुन: मतगणना ?
प्रदीप पौडेलको मुद्दा : सर्वोच्चले बोलायो छलफलमा, होला पुन: मतगणना ?
Priyanka Chopra attends Nick Jonas’s cousin’s wedding with him!
Priyanka Chopra attends Nick Jonas’s cousin’s wedding with him!
गण्डकी विकास बैंकको थप ६ शाखा सञ्चालनमा
गण्डकी विकास बैंकको थप ६ शाखा सञ्चालनमा
प्रविधिको दुरुपयोग गरी प्रश्नपत्र बाहिर ल्याउने समूह साइबर ब्युरोको नियन्त्रणमा, शिक्षा मन्त्रीद्वारा  अनुसन्धानको निर्देशन
प्रविधिको दुरुपयोग गरी प्रश्नपत्र बाहिर ल्याउने समूह साइबर ब्युरोको नियन्त्रणमा, शिक्षा मन्त्रीद्वारा अनुसन्धानको निर्देशन
लोकन्थली–सानोठिमी घरदैलो, मध्यपुरथिमि बन्यो एमालेमय !
लोकन्थली–सानोठिमी घरदैलो, मध्यपुरथिमि बन्यो एमालेमय !
नयाँ अर्थमन्त्रीलाई पूर्वप्रधानमन्त्री बाबुरामले दिए यस्तो कडा सुझाव
नयाँ अर्थमन्त्रीलाई पूर्वप्रधानमन्त्री बाबुरामले दिए यस्तो कडा सुझाव
राष्ट्रपतिलाई अध्यादेश रोक्ने कुनै संवैधानिक अधिकार छैन – देउवा
राष्ट्रपतिलाई अध्यादेश रोक्ने कुनै संवैधानिक अधिकार छैन – देउवा
मध्यरातमा त्रिशुलीमा हामफाले नवविवाहित दम्पतीले
मध्यरातमा त्रिशुलीमा हामफाले नवविवाहित दम्पतीले
देशलाइ अन्धकारमुक्त पार्ने कुलमानलाई कार्यालय छिर्न नदिने चेतावनी (बिज्ञप्तिसहित)
देशलाइ अन्धकारमुक्त पार्ने कुलमानलाई कार्यालय छिर्न नदिने चेतावनी (बिज्ञप्तिसहित)