पूर्व माओवादी केन्द्रका मन्त्रीहरु किन गएनन् प्रधानमन्त्रीको सम्बोधनमा !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३, २०७६
|
|
२६ पटक हेरिएको
Shares
पूर्व माओवादी केन्द्रका मन्त्रीहरु किन गएनन् प्रधानमन्त्रीको सम्बोधनमा !

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७६ को शुभकामनासहित देशबासीको नाममा सम्बोधन गरे ।
  • तर, सम्बोधनमा पूर्व माओवादी केन्द्र पक्षधर मन्त्रीहरु उपस्थित भएनन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७६ को शुभकामनासहित देशबासीको नाममा सम्बोधन गरे । तर, सम्बोधनमा पूर्व माओवादी केन्द्र पक्षधर मन्त्रीहरु उपस्थित भएनन् ।

प्रधानमन्त्रीको सम्बोधनका बेला मन्त्रिपरिषद्का प्रभावशाली मन्त्रीहरू नै उपस्थित नभएपछि चर्चा चलेको छ ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटार उपस्थित हुन सबै मन्त्रीलाई खबर पुगेको थियो । तर, खबर पुगेपनि गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चन्द्रप्रकाश खनाल, खानेपानीमन्त्री बिना मगर उपस्थित भएनन् ।

प्रधानमन्त्रीको सम्बोधनमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल भने कार्यक्रममा पुगेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?