भोजपुरमा माओवादी केन्द्रका कार्याकर्ताद्वारा एमालेका उम्मेदवार कुटिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १२, २०७४
|
|
३० पटक हेरिएको
Shares
भोजपुरमा माओवादी केन्द्रका कार्याकर्ताद्वारा एमालेका उम्मेदवार कुटिए

सारांश

  • भोजपुर, असार १२ – भोजपुरको दक्षिणी रामप्रसाद राई गाउँपालिका–८ वासिखोरामा एमालेका वडाध्यक्षका उम्मेदवारलाई माओवादी केन्द्रका कार्यकर्ताले कुटपिट गरेका छन् ।
  • माओवादी केन्द्रका सञ्जोक राईको समूहले बासीखोराका वडाध्यक्ष पदका उम्मेदवार पाँचकुमार राईलाई आइतबार राति कुटपिट गरेको हो ।
  •   एमालेको चुनावी सभाबाट फर्कने क्रममा वडाध्यक्षका उम्मेदवार राईलाई रक्सी खाएका वाइसिएल कार्यकर्ता राईसहित ११ जनाको समूहले कुटपिट गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

भोजपुर, असार १२ – भोजपुरको दक्षिणी रामप्रसाद राई गाउँपालिका–८ वासिखोरामा एमालेका वडाध्यक्षका उम्मेदवारलाई माओवादी केन्द्रका कार्यकर्ताले कुटपिट गरेका छन् । माओवादी केन्द्रका सञ्जोक राईको समूहले बासीखोराका वडाध्यक्ष पदका उम्मेदवार पाँचकुमार राईलाई आइतबार राति कुटपिट गरेको हो ।  एमालेको चुनावी सभाबाट फर्कने क्रममा वडाध्यक्षका उम्मेदवार राईलाई रक्सी खाएका वाइसिएल कार्यकर्ता राईसहित ११ जनाको समूहले कुटपिट गरेको स्थानीय बासिन्दाले बताएका छन् । कुटपिटका कारण वडाध्यक्ष उम्मेदवार राई सामान्य घाइते भएको एमाले जिल्ला कमिटी सचिव शरणकुमार राईले बताउनुभयो । माओवादी केन्द्रका जिल्ला कमिटी सहइन्चार्ज टिकाराम प्रधानले चुनाव प्रचारप्रसारका क्रममा झगडा भएको स्वीकार्नुभएको छ । उहाँले थप जानकारी भने आइनसकेको बताउनुभयो ।  कुटपिटमा संलग्न सञ्जोग राईसहितको समूहलाई पक्राउ गरिएको भोजपुरका प्रहरी नायव उपरीक्षक काजीकुमार आचार्यले बताउनुभयो । पक्राउ परेकाहरु बिरामी भएकाले उपचारका लागि छाडिएको आचार्यले जानकारी दिनुभयो ।  सञ्जोक राई यसभन्दा अघि ओख्रेको साइलम जंगलमा शिक्षकको पैसा लुटेको आरोपमा प्रहरीको फरार सूचिमा रहेका व्यक्ति हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतसँगकाे निर्भरता हट्याे, नेपालकाे चीनसँग पारवहन सम्झाैता !
भारतसँगकाे निर्भरता हट्याे, नेपालकाे चीनसँग पारवहन सम्झाैता !
राजस्व प्रशासनलाई चुस्त बनाइनुपर्छ : पूर्वअर्थमन्त्री खतिवडा
राजस्व प्रशासनलाई चुस्त बनाइनुपर्छ : पूर्वअर्थमन्त्री खतिवडा
हेर्नुहोस प्रतिनिधिसभाको निर्वाचनमा कुन कुन क्षेत्रबाट को–को बीच हुँदैछ प्रतिस्पर्धा  (नाम लिस्ट सहित )
हेर्नुहोस प्रतिनिधिसभाको निर्वाचनमा कुन कुन क्षेत्रबाट को–को बीच हुँदैछ प्रतिस्पर्धा (नाम लिस्ट सहित )
‘स्थायी कमिटी बैठकमा मन्त्री फेरबदलको कुरा पनि उठेको छ’
‘स्थायी कमिटी बैठकमा मन्त्री फेरबदलको कुरा पनि उठेको छ’
दसैँअघि काठमाडौंमा मेलम्चीको पानी आउँदैछ रे !
दसैँअघि काठमाडौंमा मेलम्चीको पानी आउँदैछ रे !
कानुन बनाउने चटारो छोडेर सभामुख विदेशतिर
कानुन बनाउने चटारो छोडेर सभामुख विदेशतिर
संवेदनशील र अतिसंवेदनशील मतदानकेन्द्रमा कुकुर सहित तालिम प्राप्त प्रहरी खटिए
संवेदनशील र अतिसंवेदनशील मतदानकेन्द्रमा कुकुर सहित तालिम प्राप्त प्रहरी खटिए
फैसला कार्यान्वयनका सम्बन्धमा विशेष संयन्त्र बनाउनुपर्ने
फैसला कार्यान्वयनका सम्बन्धमा विशेष संयन्त्र बनाउनुपर्ने
एसिया कप फाइनल : सन् २०१४ पछि पाकिस्तान र श्रीलंका भिड्दै
एसिया कप फाइनल : सन् २०१४ पछि पाकिस्तान र श्रीलंका भिड्दै
५० वटा अण्डा खाने बाजी राखदा गयो ज्यान
५० वटा अण्डा खाने बाजी राखदा गयो ज्यान

तपाईंले छुटाउनुभयो कि?