सुरुङमार्ग : जग्गा अधिग्रहण आनाको ९ लाख रुपियाँदेखि ४२ सम्म

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ६, २०७६
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • निकै व्यस्त रहने एकमात्र राजधानी भित्रिने मुख्य नाका थानकोट–नागढुंगा सडकखण्डमा सुरुङमार्ग बनाउन थप करिब २ अर्ब रुपियाँ दिइएको छ ।
  • प्रस्तावित सुरुङमार्ग निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण, घर टहरा हटाउन थप एक अर्ब ८१ करोड रुपियाँ प्रदान गरिएको छ ।

काठमाडौं । निकै व्यस्त रहने एकमात्र राजधानी भित्रिने मुख्य नाका थानकोट–नागढुंगा सडकखण्डमा सुरुङमार्ग बनाउन थप करिब २ अर्ब रुपियाँ दिइएको छ । प्रस्तावित सुरुङमार्ग निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण, घर टहरा हटाउन थप एक अर्ब ८१ करोड रुपियाँ प्रदान गरिएको छ ।

थानकोट–नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख श्याम खरेलका अनुसार जग्गा अधिग्रहण गर्न काठमाडौं जिल्लामा पर्ने जग्गाका लागि प्रति आना न्यनूतम् ९ लाख रुपियाँदेखि अधिकतम् ४२ लाख रुपियाँसम्मको मूल्य निर्धारण गरिएको छ ।

सडक विभाग, विकास सहायता समन्वय महाशाखाका अनुसार थानकोट–नागढुंगा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणका लागि आवश्यक पर्ने जग्गा लिनका लागि रकम दिइएको हो ।
जग्गा अधिग्रहण तथा घर टहरा हटाउन सो रकम प्रदान गरिएको र अर्थ मन्त्रालयबाट सुरुङमार्ग आयोजनालाई गत हप्ता नै रकम दिइएको हो ।

सुरुङमार्ग निर्माणका लागि करिब ४२५ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने बताइएको छ । त्यसका लागि करिब चार अर्ब रुपियाँ पर्ने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?