पूर्व मुमा वडामहारानीको स्वास्थ्य अझै स्थिर
सारांश
- मंगलबार अस्वस्थ भएपछि नर्भिक अस्पताल भर्ना गरिएकी पूर्व मुमा वडामहारानी रत्नको स्वास्थ्य स्थिति स्थिर र आशातीत सुधार देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
- बुधबार राति प्रेश विज्ञप्ति जारी गर्दै नर्भिक अस्पतालले पूर्व मुमा वडामहारानीको पछिल्लो स्वास्थ्य स्थितिको जानकारी दिएको हो ।
- गत एक सातादेखि रुघा, खोकीलगायतका कारण अस्वस्थ भएकी रत्नलाई मंगलबार साँझ अस्पताल भर्ना गरिएको हो ।
मंगलबार अस्वस्थ भएपछि नर्भिक अस्पताल भर्ना गरिएकी पूर्व मुमा वडामहारानी रत्नको स्वास्थ्य स्थिति स्थिर र आशातीत सुधार देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । बुधबार राति प्रेश विज्ञप्ति जारी गर्दै नर्भिक अस्पतालले पूर्व मुमा वडामहारानीको पछिल्लो स्वास्थ्य स्थितिको जानकारी दिएको हो ।
गत एक सातादेखि रुघा, खोकीलगायतका कारण अस्वस्थ भएकी रत्नलाई मंगलबार साँझ अस्पताल भर्ना गरिएको हो ।
९१ बर्षीय रत्नलाई खोकी लाग्ने, कफ आउन गाह्रो हुने समस्या देखिएको अस्पतालले जानकारी दिएको छ । साथै उनलाई हाल पातलो दिशा हुने र पिसाब कम हुने समस्या पनि देखिएकोले अस्पताल भर्ना गर्नु परेको बताइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया