जागरण अभियान प्रभावकारी बनेको छ, अब गुटको अन्त्य हुन्छ : यादव

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २२, २०७६
|
|
२६ पटक हेरिएको
Shares
जागरण अभियान प्रभावकारी बनेको छ, अब गुटको अन्त्य हुन्छ : यादव

सारांश

  • जेठ २२, काठमाण्डौ ।
  • नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले राष्ट्रिय जागरण अयिभान सफल रुपमा अगाडि बढिरहेको दावी गरेका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बसहमा ऋषि धमलासँग कुरा गर्दै यादवले अभियानले वडादेखि केन्द्रसम्म सकारात्मक प्रभाव पारेको दावी गरेका हुन् ।

जेठ २२, काठमाण्डौ । नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले राष्ट्रिय जागरण अयिभान सफल रुपमा अगाडि बढिरहेको दावी गरेका छन् ।नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बसहमा ऋषि धमलासँग कुरा गर्दै यादवले अभियानले वडादेखि केन्द्रसम्म सकारात्मक प्रभाव पारेको दावी गरेका हुन् ।अभियानले नेता कार्यकर्तामा उत्साह थपेको यादवको जिकिर छ । पार्टीभित्रको गुटउपगुट अन्त्यका लागि पनि अभियान प्रभावकारी हुने उनले बताए ।

“आगामी दिनमा पार्टीभित्रको गुटगत राजनीति अन्त्य हुनुपर्छ भन्नेमा सबैको एकमत छ । अबको चुनावमा पार्टी बलियो भएर देखापर्नेमा हामी विश्वस्त छौँ ।” यादवले भने ।केपी ओली नेतृत्वले ल्याएको बजेटले संघीयतालाई कमजोर बनाउन खोजेको आरोप पनि यादवले लगाए । आर्थिक वर्ष २०७६–७७ को बजेट केन्द्रिकृत प्रणालीको जस्तो भएको भन्दै यादवले सरकारले स्थानीय र प्रदेश सरकारलाई कमजोर बनाउन खोजेको अरोप लगाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?